Logo

मजदुरको मन नरुवाउन रेखाको आग्रह



काठमाडौ, २० चैत्र । नायिका रेखा थापाले नेपाल–भारत सिमामा अलपत्र परेका नेपालीहरुलाई आफ्नो देशमा प्रवेश गराउन सरकारसँग आग्रह गरेकी छिन् ।

उनले देशमा श्रम र सिर्जनाको अवसर नपाएर बिदेशिन बाध्य नेपालीहरुको बाध्यतालाई कमजोरी नठानी उनीहरुको पिडा बुझ्न सम्बन्धित सबै निकायलाई अनुरोध गरेकी छिन् । थापाले आपतको समयमा घरमा आएका आफ्ना नागरिकलाई व्यवस्थित गर्न पनि सरकारलाई सुझाएकी छिन् । जो जँहा हुनुहुन्छ सुरक्षित भएर बस्नुहोला भन्दै उनले लेखेकी छिन्,

‘आर्थिक बाध्यता र देशमा श्रम र श्रीजनाको अवसर नपाएर बिदेशी न वाध्य लाखौं नेपाली खास गरी नेपाल भारतको सिमा मा आएर आफ्नो देश छिर्न पाउ भन्ने प्यार दाजु भाई दिदी बहिनिको रोदनले मुटु छोएको छ । आफ्नो देश प्रबेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र सम्रक्षकको अभाव कती पिडादायी होला । यताको पनि उस्तै प्राबिधिक बाध्यता होला । तर आएर क्वारेण्टाइन बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौ भन्दा पनि आउन नदिनु भनेको ब्यबस्थापना समस्या हो ।’

नायिका थापाले अगाडी लेखेकी छिन्, ‘ युरोप, अष्ट्रेलिया, अमेरिका, खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना शिवाय अरु केही भन्न सकिन । बिदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला, तर यहाँ हालत यस्तै छ । कस्लाई गुनासो गर्नु, गरेर हुन्छ नै के? कम्तिमा भारतको सयौ किलोमिटर भोकै नाङै हिंडेर सिमा पुगेकालाई वारी ल्याएर सेना प्रहरिकै क्याम्पमा राखेर दालभात दिदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला भन्ने लाग्छ । सकिन्छ भने बेसहारा बन्न नदिने ब्यबस्था गरौ परेको बेला देशले अपनाएन भने, नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन । श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन ।’ तस्विरः रेखा थापाको फेसबुक



प्रतिक्रिया दिनुहोस्