Logo

अमेरिकामा ६६ लाख बेरोजगार



एजेन्सी, २० चैत्र । अमेरिकामा बेरोजगार संख्याले एकपछि अर्को किर्तिमान कायम गरेको छ । गत हप्ता ३३ लाख बेरोजगार बन्दा नयाँ किर्तिमान बनेको थियो । यो संख्या एक हप्तामै दोब्बरले वृद्धि भएको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का परेको छ । त्यहाँ दुई लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउले नै २२ लाखसम्म मानिसहरुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनसक्ने प्रक्षेपण गरिसकेको छ ।

अमेरिकामा कोरोना भाइरसले रोजगारी खोसिएको छ । अमेरिकामा दशौं लाखले बेरोजगार भत्ताको दाबी गरेका छन् । यो अहिलेसम्मकै उच्च हो ।



प्रतिक्रिया दिनुहोस्