Logo

कोरोना भाइरसका संक्रमित नभेटिएका देश (सूचीसहित)



एजेन्सी, २० चैत्र । विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ ।

तर, केही देशहरुमा अझै कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् । ती देशहरुमा सम्भावित संक्रमितको राम्ररी चेकजाँच नभएको या तथ्यांक लुकाइएको विषय पनि नआएको होइन । संक्रमण देखानपरेका देशहरु प्रायः कमजोर आर्थिक अवस्था भएकामा पर्दछन् ।

कोरोना संक्रमण नभेटिएको भनिएको उत्तर कोरियाली तथ्यांक लुकाइएको बताइएको छ । तर, उत्तर कोरियाले बारम्बार संक्रमित नभएको दाबी गर्दै आएको छ ।

यमन र दक्षिण सुडान युद्धग्रस्त छ । साओ टोम एन्ड प्रिन्सिपी, मलावी, लेसोथो, कोमोरोज जस्ता देश साना र आर्थिक रुपमा कमजोर मान्छिन् । ताजिकिस्तान र तुर्केमिनिस्तानमा पनि संक्रमण भेटिएको छैन ।

संक्रमित नभेटिएका देशहरु

१. यमन

२. सुडान

३. उत्तर कोरिया

४. ताजिकिस्तान

५. तुर्केमिनिस्तान

६. बुरुन्डी

७. साओ टोम एन्ड प्रिन्सिपी

८. मलावी

९. लेसोथो र कोमोरोज



प्रतिक्रिया दिनुहोस्