Logo

कोरोना भाइरसः मृतक ५० हजार नाघ्यो, संक्रमित दश लाख नजिक (सूचीसहित)



एजेन्सी, २० चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । संक्रमितको संख्या दश लाख नजिक पुगेको छ । रफ्तारमा संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित ९ लाख ८६ हजार ३ सय १५ पुगेका छन् । मृतक संख्या ५० हजार ३ सय ९५ पुगेको छ । २ लाख ६ हजार ३ सय ७२ निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या २ लाख २८ हजार ६ सय ७४ पुगेको छ । इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १० हजार २ सय ३८ संक्रमित भएका छन् ।

जर्मनीले संक्रमित संख्यामा चीनलाई उछिनेको छ । चीनमा ८१ हजार ५ सय ८९ संक्रमित संख्या रहेकोमा जर्मनीमा ८१ हजार ७ सय २८ पुगेको छ ।

विश्वका नौ देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि आएको छ ।
चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा बढी फैलिइरहेको छ ।

देश         संक्रमित
अमेरिका २२८६७४
इटाली ११५२४२
स्पेन ११०२३८
जर्मनी ८१७२८
चीन ८१५८९
फ्रान्स ५६९८९
इरान ५०४६८
बेलायत ३३७१८
स्वीटजरल्यान्ड १८४७५
बेल्जियम १५३४८
नेदरल्यान्ड १४६९७

स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्