Logo

१० लाखभन्दा बढि संक्रमित, ५१ हजारभन्दा बढिको मृत्यु



चैत २१, काठमाण्डौ । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार  राति १ बजेसम्तमको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख २ हजार २ सय नाघेको छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ५ सय ३०, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ र बेल्जियममा १८३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म इटलीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ९६, अमेरिकामा ५ हजार ६ सय ३२, फ्रान्समा ४ हजार ५ सय ३ र चिनमा ३ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । चिनमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमीत भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा कुल मृतकको संख्या १ हजार ११, नेदरल्यान्डमा १ सय ३ सय ९ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।

बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या २ लाख १० हजार ५ सय रहेको छ । उपचाररत ७ लाख ४० हजार ३ सयमध्ये ३७ हजार ७ सय जनाको अवस्था गम्भीर छ ।



प्रतिक्रिया दिनुहोस्