छैटौं कारोना संक्रमित बागलुङकै ६५ वर्षीया महिला, अस्पताल ल्याइँदै स्वास्थ्यमा समस्या छैन


काठमाडौं, २१ चैत । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ । ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२ बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ ।

उनले बेल्जियममा रहेका आफन्तलाई भेटगरी फर्कनु भएको र ती युवतीसँगै प्लेन चडेर पोखरा हुँदै बाग्लुङ पुग्नु भएको थियो । निजमा महिलामा अहिलेसम्म पनि कुनैै लक्षण नदेखिएको भए पनि उनलाई अहिले बाग्लुङ अस्पतालमा ल्याउने तयारी भएको यसबारे छलफल भई रहेको धवलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताएका छन् । निजको घर अस्पतालबाट ५ मिनेटको दुरीमा रहेको पनि बताइएको छ । (गोरखापत्रबाट)