Logo

सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा



काठमाडौं, चैत २१ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी सम्झौता मार्फत ल्याउने भएको छ। चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रियाबारे निर्णय गरेको हो। मन्त्रिपरिषद्मा उक्त दिन औषधि तथा स्वास्थ्य उपकरण खरिदको जिम्मा पाएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि ९ओबीसीआई० का विषयमा भने केही चर्चा गरिएको थिएन।

वाणिन्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत १६ को मन्त्रिपरिषद् बैठकले औषधि तथा स्वास्थ्य उपकरण खरिद सरकार–सरकार सम्झौता ९जीटुजी० मार्फत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको जानकारी दिए।

‘कोविड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकारबाट सरकार ९जीटुजी० विधिबाट खरिद गर्ने गरी निर्णय भएको छ’, मन्त्री भट्टले भने, ‘त्यसदिनको मन्त्रिपरिषद्् बैठकमा ओम्नीसँगको सम्झौताका बारेमा के गर्ने भन्ने विषयमा केही चर्चा भएको थिएन।’

प्रधानमन्त्रीले आइतबारको मन्त्रिपरिषद् बैठकमा खरिद प्रकरणका गम्भीर चासो राखेका थिए।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्