Logo

शशांकको उद्घोष : सरकारसँग कुनै सम्झौता गरेका छैनौं, सीमा नाकामा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्छ (भिडियोसहित)



काठमाडौं, २१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूहरुले वर्तमान सरकारसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । देशको वर्तमान परिस्थितिबारे सरकारलाई कांग्रेसले आफ्नो सुझाव छिट्टै दिने कोइरालाको भनाई छ । बिहीबार राति प्राईम टाईम्स टेलिजिभनटबा प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने,”हामी अहिले प्रपिपक्षमा छौं । यस्तो बेलामा हामीले सरकारलाई सतर्क पार्नुपर्छ । अहिले मेडिकले सामग्री खरिदमा अनियमितता भएको कुरा आएको छ । यस्तो अनियमितता हुनुभएन । यस्तो अप्ठ्यारो अवस्थामा पनि अनियमितता हुन्छ भने यो सरकार ठिक तरिकाले चलिरहेको छैन भन्ने कुरा पुष्टि हुन्छ ।” उनले अहिलेको अवस्थामा सरकारबाट हुने भ्रष्टाचार भनेको सीमा नाघेर भएको भ्रष्टाचारको संज्ञा दिए ।

कोरोनाविरुद्ध यतिवेला मुलुकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु फ्रन्ट लाईनमा उभिएर काम गरिहेको अवस्थामा उनीहरुको पक्षमा कांग्रेस किन बोलेन ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले पार्टीले यसबारेमा बोलिरहेको भन्ने जवाफ फर्काए ।

भारतको नाकामा रहेको नेपालीहरुलाई नेपाल सरकारले जतिसक्दो चाँडो पहल गरेर स्वदेश फर्काउनुपर्ने पनि कोइरालाको सुझाव छ । उनले भने,”यो अडानमा हामी रहिरहन्छौं । हामी ब्याक हुँदैनौं । म यो कुरामा लागिपर्छु । हाम्रो दृष्टिकोण क्लियर छ । नेपालीहरुलाई ल्याउँदा सतर्कता अपनाउने । जसमाथि शंका लाग्छ, उनीहरुलाई आईलोशनमा राख्ने । जो स्वस्थ छन् उनीहरुलाई घर जान दिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्