Logo

यस्तो बेलामा भ्रष्टाचार गर्ने महाअपराधी- युवराज ज्ञवाली



काठमाडौं, २१ चैत्र । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले सरकारले कोरोना भाइरस रोकथामका लागि चालेको कदमले रोग फैलन नसकेको बताएका छन् । तर, पछिल्लो समय स्वास्थ्य सामाग्री खरिदमा उठेको विवादबारे गम्भीर भएको बताएका छन् । ज्ञवालीसँग यीनै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
मुलुक कोरोना भाइरसको मारमा पिल्सिएको छ, मन्त्रीहरु भने भ्रष्टाचारै भ्रष्टाचारले गनाएका छन् कस्तो अवस्था आएको हो हेर्नुसन् त ?
कोरोना भाइरसको चपेटामा युरोप, अमेरिका जस्तो विकसित मुलुक बढी चपेटामा परेका छन् । चीन धेरै ठूलो नोक्सानीपछि अहिले स्थिति अलि सुध्रिएको देखिन्छ । हाम्रो देशमा भने नेपाली जनताको सजगता र सरकारको होशियारियाका कारण अहिलेसम्म फैलिइसकेको छैन । त्यसैको सहयोग स्वरुप अहिले देश लकडाउनमा छ । सबै नेपालीहरु आ–आफ्नो घरमा बसेर आफ्नो स्वास्थ्य र सरकारको आग्रहलाई मानेका छन् । यही कारणले अहिलेसम्म नेपाललाई यो रोगले त्यति साह्रो च्याप्न सकेको छैन ।
औषधीजन्य सामाग्री र राहतलगायतका ठाउँमा भ्रष्टाचारको गन्ध आउनुभएन नि ? स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारीहरुले कति पैसा कमाए तपाईंलाई थाहा छ ?
सरकारले समएमै सजगता अपनाएको कारण पनि धेरै हदसम्म नियन्त्रण भएको कुरालाई नेपालीले बुझ्नुपर्छ । जुन–जुन देशमा पहिला नै वास्ता गरिएन त्यहाँ बढी फैलियो । जहाँ सरकारले पहिल्यै कदम चाल्यो त्यो देशमा त्यति फैलिन पाएन । हाम्रो देशमा स्वास्थ्य सामाग्री खरिदको सन्दर्भका व्यापक रुपमा प्रश्न उठिरहेको छ । पहिला जसलाई ठेक्का दिइएको थियो । त्यसको व्यापक रुपमा कमिकमजोरी देखेर सरकारले ठेक्कै रद्द गरेकोछ । त्यसबेला जति सामाग्रीहरु खरिद भएको त्यसमा ब्यापक रुपमा भ्रष्टाचार भएको कुरा आएको छ । सरकारका जिम्मेवारी प्रतिनिधिदेखि स्वास्थ्यमन्त्री स्वयंमले पनि ‘त्यसमा कुनै भ्रष्टाचार भएको छैन, यदि भएकोमा पाइएमा म जिम्मेवार छु’ भन्नुभएको छ । सामान समयमै ल्याउनुपर्ने भएकोले हतारमा ल्याउँदा केही महंगो भएको स्वाभाविक हो ।
त्यसमा भ्रष्टाचार भएको, कमिसन खाएको कुरा स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै बताउनुभएको छ नि ?
छ, त्यही त त्यसमा अब ब्यापक छानविन हुनुपर्छ । हुँदैन पनि छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मुद्दा पनि परेको छ । त्यो मुद्दा दिने सांसद् नै हुनुहुन्छ ।
अख्तियारमा त अर्को पनि मुद्दा परिसक्यो नि ?
अख्तियारले यसबारेमा छानविन गर्दै छ । जहाँ गल्ती भएको हो । त्यो पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्छ । फेरि यससँग सम्बन्धित मन्त्री, जिम्मेवार निकायका अधिकारीहरुले चाहीं यसमा कुनै भ्रष्टाचार भएको छैन भनेर जिकिर गरिरहनुभएको छ । यस्तो बेला पनि भ्रष्टाचार गरेको हो भने त्यो ठूलो अपराध हो । योभन्दा ठूलो अर्को अपराधै हुन सक्दैन । त्यसमा पनि अझ स्वास्थ्यका सामाग्री खरिद गर्दा यदि भ्रष्टाचार गरिन्छ भने अझ महाअपराध हो । त्यस्तो कुराको कुनै हालतमा क्षम्य हुँदैन ।
यो भ्रष्टाचारको मुद्दामा अख्तियारको कदम नै महत्वपूर्ण हुन्छ हो ?
यसको बारेमा अख्तियारले छानविन गरिरहेको छ । जुन बेला अख्तियारमा मुद्दा प¥यो त्यही बेलादेखि उसले काम सुरु गरिसकेको छ । यसमा अख्तियारले स्वतन्त्र र निश्पक्ष ढंगले काम गर्छ, गर्नुपर्छ र गरिपनि रहेको छ । अहिलेसम्म ठूला–ठूला केसहरु पनि अख्तियारले हेरिरहेको छ भने यसमा पनि उसले के रिपोर्ट लिएर आउँछ त्यसपछि हेर्नुपर्छ । अख्तियारले पनि सत्य, तथ्य के हो, तथ्यांकसहित निष्पक्ष ढंगले जस्तोको तस्तै बाहिर ल्याउनुपर्छ । यो एउटा घटनाको मात्रै कुरा हुँदैन, प्रवृत्तिको कुरा हुन्छ । यस्तो गम्भीर कुरालाई ढाकछोप गर्ने काम कहीं कर्तबाट पनि नहोस् ।
यत्रो भ्रष्टाचारको विषयमा प्रधानमन्त्रीको मौनताको बारेमा पनि प्रश्न उठेको छ नि ?
अख्तियारले छानविन गरिरहेको बेलामा त्यसको बारेमा प्रधानमन्त्रीले नेगेटिभ, पोजेटिभ केही पनि बोल्नुहुँदैन । यहाँ अब होइन नै भनेर किटानीका साथ भन्ने स्थिति पनि छैन । हो भन्ने गरी मुद्दाको फैसला भएर आएको पनि छैन ।
प्रधानमन्त्रीले त भानुभक्त ढकालले गल्ती गर्नुभएको छैन भन्नुभयो नि ?
यो कुरा त हामीलाई भन्दा बढी तपाईंहरुलाई थाहा । प्रधानमन्त्री, मन्त्रीहरुलाई थाहा छ । यो त काममा संलग्न भएका व्यक्तिहरुले बुझ्ने कुरा हो । उहाँहरुले दृढतापूर्वक गल्ती नै भएको छैन भनिरहनुभएको छ । त्यसैले खख्तियारको रिपोर्ट नआउँदासम्म हामीले आरोपित गर्ने कुरा हुन्न । अब अख्तियारको रिपोर्ट आउन दिऊँ अनि गल्ती भएको रहेछ भने कारबाही हुनुपर्छ । यस्तो बेलामा काम गर्न पनि भ्रष्टाचार गरिन्छ भने त्यो महाअपराध हुन्छ । त्यो जो भएपनि कडा कारबाही हुनुपर्छ ।
यसमा भ्रष्टाचारी जो भएपनि तपाईंको पार्टी कारबाही गर्न तयार छ ?
भ्रष्टाचारी जो कोही होस् । सरकारको माथिदेखि तलसम्ममा जुनसुकै पदमा बसेको होस् । त्यो भ्रष्टाचारलाई छोड्नु हुँदैन कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।
वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले त ईश्वर पोखरेललगायतको नाम राखेर अख्तियारमा मुद्दा दिनुभएको छ नि ?
अख्तियारमा मुद्दाहरु पनि परिराखेको छ । त्यसैले अख्तियारले निश्पक्ष छानविन गर्नुपर्छ । देखिएको कुरा सत्य, तथ्य भन्न अख्तियार पनि डराउनुभएन । त्यसले मात्रै मुलुकलाई सच्याउन धेरै मद्दत पु¥याउँछ । निर्दोषलाई दोषी ठह¥याउनु पनि अपराध हुन्छ । गल्ती गर्नेलाई ढाक¥याउनु पनि अपराध हुन्छ । गल्ती गर्नेलाई ढाकछोप गर्नुपनि अपराध हुन्छ । त्यसैले जे सत्य, तथ्य कुरा हो त्यो बाहिर आओस् ।
यसमा पार्टीको माग के छ ?
पार्टीले अहिले संवैधानिक निकायले छानविन गरिरहेको छ भने त्यसले सत्य, तथ्य छिटो बाहिर ल्याओस् । त्यो तथ्यको आधारमा पार्टीभित्रको जो कोही व्यक्ति संग्न भएर पनि कारबाही हुनुपर्छ भन्ने आमपार्टीको आधारणा हो । हामी त्यसमा प्रष्ट छौं ।
पर्यटन मन्त्रालय अन्र्तगत नेपाल वायुसेवा हो, अरु देशले आफ्ना नागरिक लान प्लेन चार्टर्डर्ड गर्दा पनि कमिसनका कुरा आयो नि ?
हो, त्यसमा पनि त्यस्तै देखिएको छ । मैले पनि न्यूजमा देखेको थिएँ । विभिन्न न्यूज पेपरहरुमा समाचार आएको छ । मैले पनि त्यो न्यूज पढेँ । अनलाइनहरुमा पनि देखेँ ।
कमिसनबिना सिन्को पनि भाँचिँदैन हाम्रो देशमा ?
आपतको बेलामा यस्ता कुराहरु आउनु नै राम्रो होइन । हो कि होइन त्यसमा पनि छानविन होस् न ।
संकटमा निर्णयहरु त पारदर्शी हुनुपर्यो नि ?
पारदर्शी हुनुप¥यो । एदमै विधिसम्मत, नियमसंगत, दुनियाँले पत्याउने गरी हुनुपर्यो नि ।
जनतालाई चाहीं घरभित्र बस भन्ने अनि सरकार चाहीं विभिन्न क्षेत्रमा भित्र भित्रै भ्रष्टाचार गर्न त मिल्दैन होला नि ?
त्यस्तो गर्न मिल्दैमिल्दैन । त्यो गर्नु ठूलो अपराध हुन्छ । यदि त्यो भइरहेको हो भने यो भन्दा ठूलो अपराध संसारमा अरु केही हुँदैन । यो जघन्य मुद्दा पनि अरु हुन सक्दैन । समस्या समाधानका लागि काम गर्नैपर्छ तर जे काम गर्दा पनि भ्रष्टाचार गर्नु त भएन नि । छानविनको रिपोर्ट नआईकन भएको छ पनि भन्न सकिँदैन ।
नेपाली सेनाले पनि कालो सुचिमा परेको कम्पनीलाई परामर्श दाता तोकेर २ घण्टामै आसयपत्र दियो नि ? हुँदाहुँदा सेना पनि यस्तो कुरा आउनथाल्यो नि ?
आएको छ, यी सबै दुखद् कुरा हुन् । यसमा सत्य, तथ्य हो होइन त्यतिकै भन्न सकिँदैन । अनियमितता भएको छ कि छैन भन्ने सबै ठाउँमा सबन्धित निकायहरु छन् हेर्ने । यस्ता अनियमितता गर्नेलाई निश्पक्ष ढंगल छानविन गरेर दृढतापूर्वक दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । हाम्रो पार्टी र मेरो त्यही धारणा हो ।
प्रधानमन्त्रीका आइटी सल्लाकार न्यूज साइट ह्याक गर्नेकै पहुँचमा बैकिङ प्रणाली भनेर त्यसमा के भन्नुहुन्छ ?
हो, यो कुरा पनि आएको । त्यसको वास्तविकता के हो ? त्यो पनि एकदमै गलत कुरा हो । यस्ता कुराहरु कहींकतै पनि हुनु भएन । यसलाई जिम्मेवार तहले अत्यन्तै गभीर रुपमा लिनुपर्छ । देश एकदमै सचेत भएर लकडाउन गरेको छ । राम्रो गरेको छ भनेर सबैले भनिरहेका छन् । तर किनमेल आदि इत्यादिमा भ्रष्टाचार भएको, अनियमितता भएको भन्ने प्रश्न उठिरहेको छ । त्यसमा सम्बन्धित निकाय प्रष्ट हुनुपर्छ ।
न्यूज पोर्टल ह्याक गरेको अलीजी र उहाँको कम्पनीले स्वीकार गरेको कुरा बाहिर आइसकेको छ ?
हो, यो पनि के हो ? यस्ताखाले कुराहरु हुन दिनु भएन ।
पार्टीले यसलाई गम्भीर रुपमा हेरेको छ ?
यस्ता कुरामा हामी पार्टीका मान्छे सचेत छौं । यदि कसैले गल्ती गर्छ भने त्यसलाई कडा कारबाही हुनुपर्छ भन्नेमा आमपार्टीको धारणा हो ।



प्रतिक्रिया दिनुहोस्