सहि सोच्ने र धैर्य राख्नेः ध्यान एक सजिलो क्रिया हो, यो समय ध्यान योगको लागि हो भनी सोचेर बसेमा ध्यान बढ्छ, तपाइँको ध्यान भंग नहोस् भन्नेमा सोचिराख्नु पर्छ ।
नियमित बस्नुपर्छ दैनिक ध्यान गनूृपर्छ, यो एक बानी बसाल्नुपर्छ । बानी एक अटोम्याटिक सिस्टम हो जसलाई सोच्न नै पर्दैन । जब कसैले आफुलाई मन पर्ने कार्य गर्दा एक ध्यानको मुद्रामा नै हुन्छ । दिनदिनै ध्यान गर्नाले स्वभावको हिस्सा बन्छ ।
मन्त्र पढ्नेः मनलाई कसैको कुरामा केन्द्रित गर्नुपर्छ , आफ्नो सास–प्रक्रियाबाट सकरात्मक विचार, मन्त्र, कोही महान व्यक्ति, देवी–देवताको गुणमा केन्द्रित गर्नु आवश्यक हुन्छ जसलाई आफुले अपनाउन चाहान्छौ ।
विचार प्रवाह देख्नेः ध्यान गर्ने समयमा मनमा विचारको कडि चल्छ, एक विचारबाट नयाँ विचारको जन्म हुन्छ । माले लगातार खोतलेर बाहिर निकाली रहन्छ । यसक्रममा विचारलाई आउन जान दिने तर उत्तर दिएर विचारलाई बढाउनु हुँदैन । केही दिन यस्तो प्रकारको प्रयासको नजरअन्दाज गरेमा विस्तारै विस्तारै विचार–श्रृखला रोकिन्छ ।
कल्पनाशिलताः कल्पना गर्नुहोस् हाम्रो शरीर एक भाँडो जस्तै हो जसमा आत्मा तरल जस्तै हुन्छ । यो नदीमा लगातार बगेजस्तो हो, अझै स्थिर बसेर कल्पना गरेमा अंगबाट सबैलाई सकेट्दै टाउको तिर आउछ ।
जुन जुन अंगबाट निक्लिन्छ उक्त अंग शान्त हुन्छ । बन्द आँखाको आँखी भौ को बिन्दुमा बन्द आँखालाई हेरेर कल्पना गर्नुहोस् उक्त समयमा तरल पद्धार्थ बद्यन भई उहि बिन्दुमा केन्द्रित भएको छ । अन्तमा यो एक उज्यालो बिन्दु झै चम्किन्छ । शरीरको बाँकी सबै भाग बिसर्नुहोस् ।




प्रतिक्रिया