Logo

१२७७ को कोभिड-१९ को नमूना परीक्षण पूरा हुँदा के के भयो



काठमाडौं, २१ चैत्र । देशभर कोरोना भाइरसको संक्रमित भए नभएकोमा शंकास्पदको नमूना परीक्षण भइरहेको छ । कतिपय मृतकको पनि नमूना परीक्षण भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजसम्म १२ सय ७७ जनाको नमूना परीक्षण भइसकेको छ । यसक्रममा छ जना मात्र संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एकजना उपचार पछि निको भइ घर फर्किइसकेका छन् । बाँकी पाँच जनाको उपचार भइरहेको छ ।

देशभित्र धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा नमूना परीक्षण भइरहेको र बुटवलमा उपकरण जडान कार्य भइरहेको बताए । परीक्षण काठमाडौं उपत्यकाबाहिर भएपनि अन्तिम निष्कर्ष काठमाडौं भित्रबाट दिइने गरिएको छ ।

कोरोना संक्रमितसँग सम्पर्कमा आएकाको पनि सरकारले खोजी गरी नमूना परीक्षण गर्ने गरको छ । हालसम्म १२० जना आइशोलेशनमा छन् । उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ जना आइशोलेशनमा रहेको डा. देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्