Logo

दिल्ली सरकारद्वारा तीन सय २८ राहत केन्द्र स्थापना



२१ चैत : भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी दिए ।

विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३२८ वटा राहत केन्द्र तयार पारेको छ ।”

उनका अनुसार लकडाउनका कारण अफ्टयारोमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो ।

“राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौ” उनले भने ।

नयाँ दिल्ली राज्यमा शुक्रवारसम्म ३८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिदै उनले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताए l

उनका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ ।

देशभरी शुक्रवारसम्म दुई हजार ३०० भन्दा बढि सङ्क्रमित भएकोमा १५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्