Logo

मुख्यमन्त्री राईद्धारा कोभिड-१९ उपचार केन्द्रको निरीक्षण



विराटनगर, २१ चैत्र । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रकोे आज निरीक्षण गरेका छन् । उनले तेश्रो मुलुक र भारतबाट नेपाली स्वदेश फिर्ताको तथ्याङ्क सङ्कलन गर्ने हो भने सङक्रमणको जोखिमलाई नकार्न सक्ने अवस्था नरहेको धारणा राखे ।

मुख्यमन्त्री राईले प्रदेशमा कोभिड–१९ को रोकथाम एवं प्रतीरक्षाका लागि सरकारले शुरुदेखि नै सचेत भएर २३ बुँदे कार्ययोजनालाई प्रभावकारी कार्यान्वयनमा १३७ स्थानीयपालिका, सुरक्षा निकायलगायत सबैको सहकार्यमा जुटेको जानकारी गराउँदै यो रोगबाट सङ्क्रमितको उपचारका लागि पूर्वतयारीस्वरुप कोरोना विशेष उपचार अस्पताल निर्माण गरिएको जानकारी दिए ।

उनले खाद्य आपूर्ति सहज व्यवस्थापन, विपन्न, गरिब, तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई हातमुख जोर्न स्थानीय पालिकाको कोषबाट सहयोग उपलब्ध गराउन आग्रह गर्दै प्रदेश सरकारललाई तथ्याङ्क उपलब्ध गराएर आवश्यक रकम तथा भौतिक सामग्री उपलब्ध गराउने बताए ।

उनले प्रदेशका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री सङ्घीय, प्रदेश सरकारले उपलब्ध गराएको र थप आवश्यक सम्बन्धमा विज्ञको एउटा टोली निर्माण गरेको जानकारी दिँदै सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले लाउने, सामान्य जाँचको बेला लाउने, एम्बुलेन्सका चालकले लाउने पिपिइ र अन्य स्वास्थ्य सामग्रीका वर्गीकरणसहितको जानकारी गराउन आग्रह गरे । उनले अहिले प्रदेशका विभिन्न क्वारेन्टाइनमा खानेबस्ने सुविधासहित ५०० बसिरहेको जानकारी दिए ।

उनले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षाको पहिलो ग्यारेण्टी गर्न आवश्यक व्यवस्थापन गरिएको बताउँदै कोभिड–१९ लाई पराजित गर्न लकडाउनको अनुशासित पालनसहित आफ्नो र परिवारको सुरक्षा कायम गर्न सबैसँग आग्रह गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सबैको सहयोगमा २४ घण्टा काम गरेर समयमै प्रदेशस्तरीय कोभिड–१९ उपचार केन्द्र अस्पताल तयार भएको बताए । कोशी अस्पताल विराटनगरका प्रमुख सङ्गीता मिश्राले कोशी अस्पतालले ९कोभिड–१९० स्वाब टेष्टको व्यवस्थाका लागि प्रदेश सरकारसँग आग्रह गर्दै आजसम्म कोशीमा ११ स्वाब टेष्ट भएकोमा नौ मा नेगेटिभ आएको जानकारी दिए।

विराटनगर–१० मा साढे सात बिघा क्षेत्रमा विगतको नेशनल ट्रेडिङको भवनमा स्थापित कोशी अस्पताल९ कोभिड–१९० उपचार केन्द्रमा हाल १० श्ययाको भेन्टिलेटरसहित ५० श्ययाको आइसोलेसन कक्ष रहेको छ । अस्पतालमा कोभिड–१९ बाट सङ्क्रमितको उपचार सिसीटिभी र मोबाइलबाट सूचनाको आदानप्रदानबाट गरिने व्यवस्था गरिएको छ । अस्पतालका सम्पूर्ण उपचारका लागि कोशी अस्पतालले चिकित्सकसहितको सेवा प्रदान गर्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्