अष्ट्रेलियाका प्रधानमन्त्री आफ्नै देश फर्कन भनेपछि नेपाली विद्यार्थी अन्यौलमा


काठमाडौं, चैत २२ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।

अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन्। कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेको त्यहाँ अध्ययनरत सन्तोष लामिछानेले नागरिकलाई बताए। ुयहाँको लकडाउन अझै २र३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छु, उनले भने, ुनेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे।ु

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।
शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयले यस विषयमा अष्ट्रेलिया स्थित नेपाली राजदूतसँग कुरा गरिरहेको बताए। ुआज विहान त्यहाँका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएपछि हामीले यसबारे कुरा गरिरहेका छौुं, उनले भने, ुपरराष्ट्र सचिवसँग पनि कुरा भएको छ। आवश्यक परेको खण्डमा उच्चस्तरीयरुपमा कुटिनीतिक पहल गर्छौं।ु तत्काल नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन सम्भव नहुने उनले बताए। गैरआवासीय नेपाली र विद्यार्थीलाई अष्ट्रेलिया पठाउने संस्थाहरुसँग पनि कुरा गरिरहेको र विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए। नयाँ शैक्षिक सत्रका लागि अनुमति लिएका विद्यार्थीको लगत निकाल्ने काम भइरहेको मन्त्री पोखेलले बताए।

प्रधानमन्त्री मरिसनले शुक्रबार अष्ट्रेलियाको भिसा सर्तमा एक वर्ष आफुले आफैलाई सहयोग गर्न सक्ने सर्त भएको र अप्ठ्यारो अवस्थामा परेकाहरु स्वदेश फर्कन सक्ने बताएका थिए। तर उनको यो भनाईको अष्ट्रेलियामा नै विरोध सुरु भएको आजको नागरिक दैनिकमा खवर छ ।