Logo

विदेशका नेपालीलाई स्वदेश फर्काउन सकिँदैन्, जो जहाँ छन् त्यहीँ बस्नुपर्छ : मन्त्री ज्ञवाली (भिडियोसहित)



काठमाडौं, २२ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा भएका नेपालीहरुलाई सरकारले कुनैपनि हालतमा स्वदेश फिर्ता ल्याउन नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । नेपालमा कोरोना संक्रमित भएका सबैजना विदेशबाट आएकाहरु भएकोले सरकारले सबै उडान बन्द गरेको पनि उनले सुनाए । बाहिरबाट आएका व्यक्तिमा भएको कोरोनाको संक्रमणलाई समूदायमा पुग्न नदिनु नै आफूहरुको अहिलेको मुख्य चूनौति भएको पनि ज्ञवालीले स्पष्ट पारे । उनले भने,”त्यही प्रयोजनको लागि हामीले चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन सुरु गर्यौं । यसको प्रभाव राम्रो देखिएको छ । जनताले एकदमै राम्रोसँग साथ दिनुभएको छ । यो बेला एकाध छिटपुट घट्ना त जहाँपनि भैहाल्छन् ।”

 



प्रतिक्रिया दिनुहोस्