चार्टड उडानमार्फत ७ सय ५० विदेशी नागरिक स्वदेश फर्कदै


काठमाडा, २२ चैत्र । कोरोनाको त्रास बढेसँगै सरकारले मुलुकमा लकडाउनको घोषणा गरेपछि नेपालमा रोकिएका विदेशी पर्यटकहरु चार्टर्ड उडानमार्फत् आज स्वदेश फर्कने छन् ।

सात सय ५० भन्दा बढी विदेशी नागरिक चार वटा चार्टर्ड उडानमार्फत् स्वदेश फर्कने भएका हुन् । नागरिक उड्डयन प्राधिकरणले २ वटा कतार, १ चेक र १ मालिन्डो गरेर ४ वटा उडानका लागि अनुमति दिएको छ ।

जर्मन दूतावासले चार्टर्ड गरेको कतार एयरलाइन्सले जर्मन र फ्रान्सका नागरिक लैजाने भएको छ । चेक गणतन्त्रले चेक एयरबाट ९५ जना यात्रु र मलेसिया र सिङ्गापुरका ७० भन्दा बढी नागरिक लैजानका लागि मलेसियाबाट मालिन्डो एयर आउने छ ।
नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत् लगिरहेका छन् ।