Logo

बलिउड अभिनेता शाहरुख खानद्वारा राहत सहयोगको घोषणा



एजेन्सी २२ चैत : विश्वभर अनियन्त्रित गतिले फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको छ l कोरोना को संक्रमण भारत लगायत करिब दुई सय देश हरु मा फैलिसकेको छ । भारतमा समेत उक्त भाइरस को संक्रमण अनियन्त्रित गतिमा अगाडी बढिरहेको छ ।यसैक्रममा भारत सरकारलाई बलिउडका सेलिब्रटीहरुले आफ्नो तर्फबाट हुने सहयोग समेत गरिरहेका छन् । शाहरुख खानले भारत सरकारलाई ठुलो सहयोग गरेका छन् । उनको सहयोगको चर्चा सामाजिक संजालमा भाइरल भएको छ ।

आफ्नो रेड चिलीज ट्विटर खातामार्फत आफुले गरेको सहयोगको खुलासा गरेका छन् । उनले विभिन्न स्थान गरि सात स्थानमा सहयोग गरेको जनाएका छन् l

खानले पहिलो सहयोग प्रधानमन्त्री राहत कोषमा गरेका छन्, दास्रो सहयोग महाराष्ट्र मुख्यमंत्री राहत कोषमा,तेस्रो स्वास्थ्य सेवा प्रदाताको लागी व्यक्तिगत सुरक्षा उपकरण ( ५० हजार पिपिई किट्स उपलब्ध गराईने छ ), चौथो सहयोग द अर्थ फाउंडेशनलाई (जसमा ५५ सय परिवारलाई एक महिनासम्म निशुल्क खाना खुवाइने छ ), पाचौं ंरोटी फाउंडेशनलाई ( जसले हरेक दिन १० हजार व्यक्तिहरुलाई एक महिनासम्म ३ लाख खानाको किट उपलब्ध गराइने छ ),छैठौं संस्था वर्किंग पीपल्स चार्टरलाई (जसले दिल्लीका २५ सय दैनिक ज्याला मजदुरहरुलाई खाध साम्रागी वितरण गरिने छ ), त्यसको साथै शाहरुख खानले सातौं सहयोग युपी, दिल्ली, बिहार, पश्चिम बंगाल र उत्तराखंडमा एसिड अट्याक पीडितहरूका लागि मासिक तलब घोषणागरेका छन् ।

यद्यपि उनले यस अवधिमा कति करोड रुपैयाँ योगदान दिए भन्ने कुराको खुलासा गरिएको छैन । उनले बाहेक विभिन्न स्तरबाट बलिउडका सेलिब्रटीहरुले कोरोना राहत कोषमा रकम जम्मा गरेको जनाइएको छ l File Photo

 

 



प्रतिक्रिया दिनुहोस्