Logo

चीनमा राष्ट्रिय शोक, पत्रिका श्यामश्वेत



एजेन्सी, २२ चैत्र । आज चीनमा राष्ट्रिय शोकको घडी हो । कोरोना भाइरसबाट र उपचारका क्रममा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरिएको हो ।

शोकको घडीमा तीन मिनेट मौन धारणा गरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि मौन धारण गरे । यस क्रममा देशभर सबै साइरन, अटोमोबाइल, रेल र जहाजहरुको आवाज तीन मिनेटका लागि एकैपटक बन्द गरिएको थियो ।

चीनको राष्ट्रिय झण्डा आधा झुकाइयो । चीनका सबै पत्रपत्रिका र अनलाइन पत्रिका समेत श्वामश्वेत बनाइयो ।

चीनमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३ सय २६ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरस पहिलोपटक चीनमा नै देखापरेको थियो ।



प्रतिक्रिया दिनुहोस्