काठमाडौं, चैत २३ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई कडाइ गर्ने भएको छ। एक स्थानीय तहबाट अर्कोमा आवागमन नियन्त्रण गर्ने गरी लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय शनिबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
‘लकडाउनलाई अझ पूर्ण पालना गर्न र प्रभावकारी ढंगले सम्भावित जोखिम नियन्त्रण र रोकथाम गर्नुपर्ने देखिएको छ’, सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा। युवराज खतिवडाले बैठकपछि भने, ‘त्यसका लागि एक प्रदेशबाट अर्को प्रदेशको आवागमन, एउटा जिल्लाबाट अर्को जिल्लाको आवागमन, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई नियन्त्रण गर्ने र अस्वाभाविक रूपमा आवागमन हुन नदिने र जोखिमलाई यसरी नियन्त्रण गर्ने नै उपयुक्त विधि हुने ठानी त्यस्तो निर्णय लिइएको छ।’
सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे छ। यो अवधि चैत २५ गते मध्यरात १२ बजेसम्म रहनेछ। अत्यावश्यकबाहेक अन्य सेवा ठप्प गदै सरकारले घरभित्रै बस्न आग्रह गर्दै लकडाउन घोषणा गरेको थियो। सरकारले प्रदेश तथा जिल्ला तहको आवागमनलाई नियन्त्रण गर्ने निर्णय कार्यान्वयनमा जुट्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ।अन्नपूर्ण पोष्ट्बाट




प्रतिक्रिया