Logo

सुन तस्करीको शुरुवातकर्ता शेरबहादुर देउवा, वाइडवडी देखि धेरै भ्रष्टाचारमा संलग्न-प्रधानमन्त्रीका सल्लाहकार थापा



काठमाडौं, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले देशमा भएका ठूला अनियमितताका काण्डहरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहेको आरोप लगाएका छन् । देउवा देशमा धेरै काण्डहरुमा संलग्न रहेको आरोप लगाउँदै त्यसको चर्चा गर्न थालेमा सिलसिला नै शुरु हुने बताए ।

वाइवडी, न्यारोवडी देखि लिएर धेरै बडीहरुमा संलग्न शेरबहादुर देउवाजी नै हो भन्ने कुरा सार्वजनिक नै छ, एनआरएन रेडियोको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले भने, ‘ललितानिवासदेखि धेरैवटा भ्रष्टाचारका मुद्दामा उहाँ बोल्नुभएको छैन ।’

भ्रष्टाचारको छाविनको शुरुवात देउवाबाटै थाल्नुपर्ने उनले बताए । उनले भने, ‘यसको सुरुवात उहाँबाटै थाल्नुपर्छ किनभने सुन तस्करीदेखि धेरै काण्डका सुरुवातकर्ता उहाँ नै हुनुहुन्थ्यो ।’x देउवाले धेरै काण्डको शुरुवात गरेको आरोप समेत लगाए ।

काँग्रेस सभापति देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै विषय उठाएपछि प्रधानमन्त्रीका सल्लाहकार थापाको यस्तो भनाई सार्वजनिक भएको हो । उनले देउवालाई चेतावनी दिदै अहिले अनियमितताको विषय उठाएमा त्यो भन्दा ठूलो विषय देउवाका बारेमा उठ्ने बताए । उनले भने, चर्चाको विषयमा, जवाफदेहीताको विषयमा उहाँले चर्चा गर्न थाल्नुभयो भने यो सिलसिला सुरु हुने छ । सार्वजनिक टिकाटिप्पणीमा सबै कुरामा तानिएको व्यक्ति त उहाँ हो । उहाँले चर्चा गर्न थाल्नुभयो भने हामी खुशी हुने छौं ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलेको राजीनामा माग्नुलाई विगतमा हारको कुण्ठा, आवेग र आक्रोश भएको बताए । उनले भने,’त्यो क्षेत्रका जनताले प्रकाशशरण महतजीलाई पराजित गरेर हराएका हुन् । एउटा पराजित मान्छेले आफूलाई नै हराएका व्यक्तिको बारेमा टिप्पणी, कुण्ठा, आवेग, रिस, बदलाको भावना त्योभन्दा बढी के होला । प्रकाशशरण महतजी ईश्वर पोख्रेलसँग झन्डै १० हजार मतअन्तरले हारेको व्यक्ति हुनुहुन्छ । हरुवा मान्छेले बोलेका छेरुवा दाउको केही अर्थ हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्