Logo

सुदुरपश्चिम प्रदेशमा स्थिति जटिल बन्दै गयो- प्रकाशबहादुर शाह, मन्त्री



काठमाडौं, २३ चैत्र । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामलामन्त्री प्रकाशबहादुर शाहले हिजोबाट यस क्षेत्रमा स्थिति जटिल बनेको बताएका छन् । तीनजना कोरोना भाइरस संक्रमित एकै दिन भेटिएपछि प्रदेशको बैठक बसेर विगतको समिक्षा गर्दै आगामी योजना तय गरिएको बताए । यसै विषयमा मन्त्री शाहसँग ऋषि धमलाले गरेको कुराकानीः

सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण किन र कसरी बढ्यो ?
हिजोबाट स्थिति जटिल बन्दै गएको देखिएपछि तत्काल माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षमा बैठक बसेर केही निर्णयहरु गरेका छौं ।
के के निर्णयहरु गर्नुभयो ?
हामीले अहिलेसम्म गरिएका प्रयासको समीक्षा ग¥यौं । त्यसपछि कोरोना भाइरस रोकथामको लागि आवश्यक साधन, स्रोत र विज्ञ चिकित्सकहरुको व्यवस्थाका लागि केन्द्रीय सरकारसँग माग गर्ने भन्ने बारेमा एउटा निर्णय गरेका छौं । किन भने यहाँ कोरोनाको पहिलो प्रहार भएकाले त्यसको प्रतिवादका लागि विज्ञ चिकित्सकहरुको टोली आवश्यक सामाग्रीसहित पठाइदिन केन्द्रीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । दोस्रो प्रदेश र स्थानीय स्वास्थ्य संस्थाहरुमा आवश्यक सामाग्री र विज्ञ चिकित्सकहरुको माग गर्ने । र, संकास्पद विरामीहरुलाई त्यहाँ परीक्षण गर्ने । यदि उनीहरुको जटिल अवस्था छ भने सेती प्रादेशिक अस्पताल पठाउने व्यवस्था गर्ने भनेर दोस्रो निर्णय गरिएको छ । तेस्रो भनेको क्वारेन्टाइनलाई व्यस्थिति अनिवार्य गर्ने कडाईंका साथ लागु गर्ने । भातरलगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाइनमा नबसेकाहरुलाई अनिवार्य रुपमा स्थानीय निकाय र सुृरक्षाकर्मीको रहोबरमा क्वारेन्टाइनमा बसाउने ।
महाकालीपारि पनि समस्या देखिएको छ भनिन्छ एक नेपालीलाई समस्या देखियो भने हजार जोखिममा पर्न सक्छन् त्यतातिर तपाईंहरुको ध्यान गएको छ ?
महाकाली पारी रहेका नेपालीहरुको लागि पनि त्यहाँका बुद्धिजीवी, समाजसेवी, नागरिक समाजहरुसँग समन्वय गरेर त्यही क्वारेन्टाइनको व्यवस्था गरेर राखेको स्थिति छ । जसरी १३, १४ गते ट्युबबाट महाकाली नदी तरेर आए त्यो समूहमा एउटा संक्रमित देखिएको छ । एउटा ११ गते गौरीफन्टा नाकामा ठूलो भीड जो तपाईंले पनि देख्नुभएको थियो । जहाँ हज्जारौंको संख्यामा भीड थियो, त्यसमध्ये एउटामा देखिएको छ ।
भारतबाट झन्डै डेढलाख मान्छे नेपालभित्रिए तर २३ सयमात्रै क्वारेन्टाइनमा छन् अरु मान्छेतिर तपाईंहरुको ध्यान गएको छ कि छैन ?
हो । भारतबाट फागुनको २५ गतेदेखि चैत १० गतेसम्ममा १ लाख ४३ हजार मान्छे नेपालमा आएको तथ्यांकमा देखिन्छ । ती नेपालीहरु यो प्रदेशहुँदै देशका विभिन्न भूभागमा पुगेको स्थिति छ । जो लकडाउनभन्दा पहिला आएका थिए । त्यतिबेला भारतमा पनि कोरोना भाइरस फैलिइसकेको थिएन । त्यसैले लकडाउन पहिला आउनेमा धेरै शंका गर्नुपर्ने अवस्था छैन । जब लकडाउनपछि आए त्यतिबेला भारतमा पनि कम्युनिटी लेभलमा भाइरस पुगिसकेको थियो । त्यसैले त्यो अवधिमा आएकालाई निगरानी बढाएका थियौं । अहिले पनि ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर एकदमै निगरानी बढाएका छौं । विभिन्न स्थानीय निकाय र प्रशासनबाट पनि त्यस्ता व्यक्तिहरुलाई थप निगरानी र व्यवस्थापन गर्ने सोच बनाएका छौं ।
अब कैलाली, कञ्चनपुरमा ¥यापिड टेष्ट तीब्र गतिमा हुन्छ ?
ती ठाउँमा तत्काल टेष्ट गर्न स्थानीय निकायदेखि सम्बन्धित पक्षलाई परिचालित गर्नुपर्ने छ ।
संक्रमण स्थानीय लेभलमा सुदूरपश्चिमा देखियो, तर परीक्षण कछुवाको गतिमा छ भनिन्छ त्यतातिर प्रदेश सरकारको ध्यान गएको छैन ?
कछुवाको गतिमा काम गरिरहेको छ भन्ने त खाली हल्ला मात्रै हो । हामी सुदूरपश्चिमका जनप्रतिनिधिहरु यो रोगलाई नियान्त्रण र व्यवस्थाका लागि अहोरात्र खटिरहेका छौं । यहीं ल्याब स्थापना गरेर १५, १६ जनाको परीक्षण गर्दा सबै नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले मात्रै कम्तिमा एक हजार पीपीई खरिद गर्न टेन्डर गरिसकेका छौं । त्यसमा ५० हजार साधारण माक्स, एक हजार एन ९५ माक्स, गन थर्मा मिटर १ सयको खरिद प्रक्रिया अगाडि बढाएका छौं । २५ गतेसम्म आइपुग्ने कुरा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । यसरी तयारी गरिरहेका छौं ऋषिजी ।
एक गाउँ, एक नगर र एक जिल्लाबाट अर्कोमा जन नपाउने बनाएको छ, त्यसको लागि थप कडाई आवश्यक छ ?
कडाईंका साथ अगाडि जानुपर्छ । त्यसको कुनै विकल्पै छैन । यो अब कम्युनिटी लेभलमा जाने खतरा रह्यो । खास ती दुबईबाट आएका व्यक्ति जो आफ्नो घरपरिवार र नातामा गए । त्यसकारणले त्यहाँका स्थानीयमा देखिएको हो । त्यसकारण त्यो टोललाई पनि विशेष निगरानीमा राख्ने भनेर धनगढीका स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं । त्यो बाहेक देशैभरिको लागि एकठाउँबाट अर्को ठाउँमा जान नपाउने निर्णय गरेको छ त्यो सामुहिक निर्णय हो । त्यसबाट यो रोगलाई नियन्त्रण गर्न सक्छौं ।
तपाईंको प्रदेशमा लकडाउनलाई अभैm प्रभावकारी बनाउने निर्णय भएको छ ?
स्थिति झन् नयाँ ढंगले जटिल बन्दै जाने भएपछि लकडाउनलाई प्रभावकारी ढंगले अगाडि बढाउने । त्यसका लागि जनतालाई हाम्रा सम्पूर्ण संयन्त्रहरुलाई व्यवस्थित ढंगले परिचालत गर्ने र जनतालाई पनि सजग बनाउने बाहेकको विकल्प हामीसँग छैन ।

यहाँका कुनै पनि नागरिकलाई भोकभोकै बस्नुपर्ने स्थिति आउन दिँदैनौं । त्यसको लागि हिजो मात्रै हामीले लक्षित, वर्ग, समुदायमा राहत वितरण गरेका छौं । फेरि प्रदेश सरकारले ठूलो परिमाणको राहत प्याकेज घोषणा गर्दै छ ऋषिजी ।-File Photo



प्रतिक्रिया दिनुहोस्