Logo

देउवाद्धारा टेलिफोनमार्फत ६ जना पूर्व प्रधानमन्त्रीसँग कुरा



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पुर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज आज टेलिफोनमा संवाद गरेका छन् ।

देउवाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको संकटबारे छलफल गरेको जनाएका छन् । उनले आज ट्विट गर्दै लेखेका छन्,”पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।”



प्रतिक्रिया दिनुहोस्