काठमाडौं, २३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कुरा गर्न नपाएको गुनासो पोखेका छन् । मुलुक अहिले जटिल र संकटको अवस्थामा रहेकोले यस्तो बेलामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको समाचार आएकोले सचिवालय बैठक डाकेर यसबारेमा पार्टीको धारणा बाहिर ल्याउनुपर्ने उनको माग छ । सचिवालय बैठक डाक्नको लागि आग्रह गर्ने उद्देश्यले नेता खनालले प्रधानमन्त्री ओलीसँग कुरा गर्न चाहेका थिए । तर, उनले प्रधानमन्त्रीसँगअ अहिलेसम्म कुरै गर्न नपाएको बुझिएको छ।
यो बीचमा सरकार र पार्टी नेतृत्वप्रति कडा प्रहार भैरहेकोले तत्काल बैठक डाकेर पार्टीको धारणा बाहिर ल्याउनुपर्ने नेता खनालको माग छ । यसमा अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि साथ र समर्थन छ । बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले समेत सचिवालय बैठक डाक्ने विषयमा सहमति जनाएका छन् ।




प्रतिक्रिया