Logo

आधा जलिसकेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएपछि…



पर्सा, २३ चैत्र । रातको समय प्रहरी चिहानमा पुग्यो । २५ वर्षीया उर्मिला देवी पंडितको शव आधा जलिसकेको थियो । प्रहरी पुगेर नियन्त्रणमा लियो । आगो निभाउन लगायो र शवको मुचुल्का उठाएर अनुसन्धानका लागि लग्यो ।

घटनालगत्तै प्रहरीले तीन जनालाई शनिबार राति पक्राउ गरेको छ । उनीहरुलाई बुहारी उर्मिला देवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु बहुदरमाई नगरपालिका रामनगरीका सुरेश पंडित, उनकी श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी मालती देवी समेत ३ जना छन् । उनीहरुले २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको जनाएको छ । मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।-Photo Symbolic



प्रतिक्रिया दिनुहोस्