Logo

म्याडोनाले कोभिड-१९ को औषधी विकासमा लागेका प्रयोगशालालाई धनराशी जुटाउने



एजेन्सी, २३ चैत्र । पपस्टार म्याडोना पनि कोरोना भाइरसविरुद्धको औषधी विकासमा जुटेको रिसर्च प्रयोगशालाका लागि धनराशी जुटाउन सक्रिय भएकी छिन् । उनले यसका लागि सँसारकै धनीमध्येका बिल गेट्स र मेलिन्डा गेट्स फाउन्डेसनसँग जोडिएर काम गर्ने भएकी छिन् ।

म्याडोनाले शुक्रबार विज्ञप्ति जारी गर्दै गेट्स फाउन्डेशनको कामबाट उत्साही भएको जनाएकी छिन् । उक्त फाउन्डेशन विभिन्न सात रिसर्च प्रयोगशालाहरुका लागि आर्थिक सहयोग दिदै आएको छ । ती प्रयोगशालाहरु कोभिड-१९ को निदानको उपायबारे रिसर्च गरिरहेका छन् ।

म्याडोनाले यसअघि भाइरसलाई महान समानताको वस्तुको संज्ञा दिएकी छिन् । भाइरसले धनी र गरिबबीच विभेद नगर्ने भनेकी थिइन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्