Logo

शक्ति राष्ट्रहरुको अहंकारमा कोरोनाको कहर र नयाँ साम्राज्य उदयको सम्भावना !




Nicola Marxisemen (प्रवेश) कोपनहेगन, डेनमार्क

हिजो वेलायतका medical director of NHS England, Stephen Powis ले भन्दै थिए कि death toll २०,००० भन्दा तल राख्न सकेमा त्यो हाम्रो उपलब्धि हो। यो वेलायत राज्यको सिङ्गो मष्तिष्कको प्रोजेक्सन थियो/रह्यो। यता सिङ्गो विश्वको ठेक्का लिएका थकित मुख्या भन्दै थिए “कि यो सर्वव्यापी महामारी नियन्त्रणमा आउदा सम्ममा यदि उनको administration ले करिव एक लाख बराबरको कुल मृत्यु संख्या कायम गर्न सकेको हकमा त्यो उत्तम मात्र नभएर अधिक उत्तम हो”। फेरि उनकै चट्टा-बट्टा वा आधिकारिक सरकारी मुखपत्र ‘डेबोरा बिर्क्स’ जो नयाँ विश्वका कोरोना भाइरस संयोजक हुन, उनले भविष्यवेत्ताको भुमिका देखाउदै भनेका छन कि “१ लाख देखि २ लाखको बिचमा अमेरिकीहरूको मृत्यु एक उत्तम परिदृश्य हुनेछ”। यसमा थप जोड दिदै ‘डा. एन्थोनी फौस’ जो National Institute of Allergy and Infectious Diseases (NIAID) का निर्देशकले आफ्ना राष्ट्रपति ट्रमपको इसारामा भन्दै थिए, “यो (Covid-19) अब सबै अमेरिकि शहरहरूमा फैलिदैछ”।

यि दुई राजनैतिक भाइचारा भएका प्रभावशालि र साम्राज्यवादी विरासत बोकेका राष्ट्रहरूको यो भविष्यवाणीले यो सन्देश दीएको छ कि, यो पर्यावरणमा तत्काल विश्व शक्ति राष्ट्रहरूको बृहत समझदारी बन्न सक्दैन वा कुनै राष्ट्रले कोरोना प्रकोपको औषधि निर्माण गर्ने फर्मुलानै पत्ता लगाएको अवस्थामा त्यो अमुक देशले गोप्य रूपमा आन्तरिक उत्पादन गरेर आफ्ना नागरिकको स्वार्थमा मात्र केन्द्रित हुनु पर्ने अवस्था छ। यो अवस्थाको मुख्य कारण भनेको मुठ्ठि भरका शक्ति राष्ट्रहरुको आ-आफ्नो च्याँखे थपाई नै हो, जहाँ त्यो औषधि व्यापारबाट आउने खरबौंको पुँजीगत आम्दानिको व्यवस्थापन प्रमुख बाधक हो, जसमा मुलत: चीन, अमेरिका र रुसको सेयर भागवण्डाको अंशवण्डा मिल्नुपर्ने हुन्छ। तसर्थ, औषधि उपचारको अन्वेषण सँगै वा अझ पुर्व यी शक्तिशाली राष्ट्र बिचको वृहत समझदारी अहिलेको विश्व जगतको प्रमुख आवश्यक्ता हो, तर यो हालसम्मको ताबडतोड आपसी प्रतिस्पर्धा बाट निर्मित फ्रिक्सन बाट मात्र पर्याप्त छैन/देखिन्न। बरु अरु थप घनिभुत रस्साकस्सि बाट सिर्जित निर्णायक फ्रिक्सन बाट मात्र सम्भव छ/देखिन्छ। किनकि यो त सुरुवात मात्र हो, पुरानो बिरासत बोकेको अमेरिका र यो पर्यावरणमा उसको साम्राज्यवाद बिस्थापन गर्दै गरेको सिनो-रूसको गठबन्धन जसमा लेनदेनको सटिक कोणको आवश्यक छ वलकि मानवजीवनको अस्तित्वको लडाईको। यो पुर्तिले मात्र अहिलेको विश्व मानवसमाजको तत्काल उद्धार गर्दै अघोषित जैविक युद्धबाट सम्भावित अणु युद्ध तर्फको यात्रामा पुर्ण बिराम लाउने छ।

विश्वका सफल भविष्यवेत्ताहरु  मध्य  विश्वप्रशिद्ध फ्रान्सेली ‘नास्त्रेदमस’ भविष्यमा हुने घटनालाई कविता शैलिमा उद्धघाटित गर्दथे। उनले गरेका प्रख्यात भविष्यवाणीहरू नै उनको पर्याप्त परिचयको आधार हो। उनले गरेका प्रख्यात भविष्यवाणीहरू: दुवै विश्वयुद्ध, नेपोलियन (Napolian) को उदय, नेपोलियनको उदयमा नाजी तानाशाह हिटलरको अस्तित्व शामिल भएको/रहेको दाबि  र नेपोलियन र हिटलरलाई ईश्वरविरोधी (नोस्ट्रेडमस) तथा ब्राजील को अमेजन जंगल साथै ऑस्ट्रेलियाको जंगलमा यो शताब्दीमा भयावह  आगो लाग्ने भनिएका अनगिन्ती भविष्यवाणीहरु र दाबिहरू प्रख्यात छन। तिनै नास्त्रेदमसको अनुसार तेस्रो महायुद्धको स्थिति सन् 2012 देखि 2025 को मध्य विन्दुमा हुन सक्ने भनिएको थियो। यसबाट विश्वमा एक महान राजनेताको उदय हुनेछ, अझै उनको भाषामा त्यस्तो आदित्य पुरुष दुनियाँको नयाँ मुख्या हुनेछ र विश्वमा शान्ति ल्याउनेछ। के दमस भविष्यवाणीले इंकित गरेको नव-मुख्य र त्यो पात्रको उदयसँगै जोडेको शान्ति सिद्ध होला वा नरहला समयको चक्रसँगै झन-झन उद्घाटित हुँदै जाला तर कमसेकम दमसको 2012 देखि 2025 को मध्यमा हुने महायुद्धलाई मान्ने हो भने के यहि जैविक युद्धनै त्यो संकेतको अर्थ हो, या यो अवस्थाको आवरणमा हुने सक्ने अर्को हतियार युद्ध त्यसको पुर्ण अर्थ हो?

फेरी यता के वेलायत, अमेरिका जस्ता राष्ट्रहरूलाई औषधि कहिले आईपुग्छ वा प्रक्रिया कहाँ पुग्यो भन्ने भेउ हुँदैन? अवश्य हुन्छ, अज्ज खेलनै उनीहरुको पेरिफेरिमै केन्द्रित छ, त्यहि कारण हो अन्तिम समयसम्म यी राष्ट्रहरू पुर्ण देश-लक डाउन गर्न हिच्किचाउनुको अर्थ। तत्काल औषधि आउने सम्भावना हुँदा, यी अमुक राष्ट्रहरु बिना संकोच पुर्ण देश लक-डाउन गर्थे अनि आ-आफ्ना नागरिकहरूको उद्धारमा थप मद्दत हुनेनै थियो तर यो तवरको सिक्वेन्स मिलेन, आखिर चाहनाका बावजुद हातमा जंजीर जो लागेको छ। खैर, यो खेल लामो देखेका यी राष्ट्रहरू आफ्नै नागरिकहरुको बलिको विकल्पमा आफ्नो गुम्न लागेको आदिपत्य बचाउने चाहना हुँदाहुँदै, आ-आफ्नो देशको आन्तरिक दवावले थिचिएका अवश्य हुन, तसर्थ यो बाध्यताले आफ्नै आँखा आघि आफ्नै प्रेमिकाको चीरहरण सहेजस्तो निर्लज्ज टुलुटुलु हेर्दैछन।

यता नयाँ विश्वका ‘फौसी’ र ‘डा. एन्थोनी’ अनि ट्रम्पको तिन थरिको आफैंमा निकट तर योजनाबद्ध धारणाले उनको administration उनका जनतालाई साथै बाहिरि विश्वलाई मानसिक तवरले कोरोना-वरदात त्यो हद सम्म जानु सामान्य भएको प्रशिक्षण दिएर बाहिरि विश्व अगाडि रून्चे हाँसो हाँस्दै छ, अनि आउदो राष्ट्रपतिय चुनावको लागि उ यो अवस्थालाई सामान्य चित्रणका माध्यमबाट अमेरिकीहरुको दिमाख भर्दैछ अर्थात आफ्नो स्वार्थ अनुकुल ब्रेन-वास गर्दै छ। हो, आफ्नो पुनरागमनको तयारिको निमित्त अनि आफ्नो फेलियर लुकाउनका लागि उ अमेरिकि जनता र बाहिरि विश्वसँग समय खरिद गर्दैछ। यो खरिद गरिएको समय आफ्नो गिर्दो हेजेमोनिको र आउदो राष्ट्रपतियय निर्वाचनको बचाउमा केन्द्रीत छ र यता, ट्रम्प प्रशासनले चाइनाको सहयोग बाध्यतामा स्वृकारेको छ, जसको आधिकारिक स्वृकारोक्ति Federal Emergency Management Agency का प्रवक्ता Lizzie Litzow ले गरेका छन र सबै राज्यलाई यो सहयोग उतिनै आवश्यक रहेको बताउछन्। के हिजोको शक्तिसालि अमेरिका आज ‘सहु भाई सहने बढो हुन्छ सहने’ निती अख्तियार गर्दै छ? अवश्य हैन, उ त आंफु माथि भएको प्रतिकार सभाको तयारी देखेर अतालिएको छ, बरु उसका जनता र विश्व जगत मांझ समय खरिद गरेको कोलम्बिया आंफु तङ्ग्रिन चाहन्छ र चिनको प्रतिकारको पुनः प्रतिकारका निमित्त आफ्ना आन्तरिक तयारि गोप्य ढंगले नि:सन्देह अघि बढाउदै नै छ र जानेनै छ। बाध्यात्मक चाइनाको सहयोग लिएको उ घरमा स्वास्नी रिसाउदा निर्धो पशुमा आफ्नो लट्ठी बजारे जस्तै अहिले युरोपियन युनियन तिर खनिदै छ अनि सार्वजनिक रुपमा मुख्या कथनि गर्दै छन-‘दोस्रो विश्व युद्धको दुष्मनको रुपमा सिङ्गो नयाँ विश्व जर्मनीलाई हेर्नेछ’। आफैं फुटको संघारमा पुगेको युरोपियन युनियनलाई थप मलजल गर्दै सिनो-रूसको सहयोग कायम रहेको इटालिलाई सहयोगको घोषणा गरेको उ आफ्नो वर्चस्वमा पुनरागमन हुन खोज्दै युरोपियन युनियन बाट रिसाएको इटालि र स्पेन Union Civil Protection Mechanism को भुमिकाको निरिहता देखेर रुष्ट हुँदै गरेको अवस्था हो- अमेरिकामा अवस्थित FP (Foreign Policy) पब्लिकेसन को दाबी छ।

धेरै राजनैतिक तथा आर्थिक विश्लेषकको भविष्यवाणी बाट बचाउदै वा बाँच्दै २००८ को विश्व आर्थिक सङ्कटमा फुटको सङगार बाट जसोतसो बचेको युरो-जोन, अहिले कोभिडको चपेटामा सुरुवाति अवस्थामा गिजोलिएका प्रभावशालि राष्ट्रहरू मुलत: इटालि र स्पेन संयुक्तलाई न त युरोपियन युनियनका राष्ट्रहरूको भौतिक सहयोगै मिल्यो न त ECP (European Central Bank) मार्फत आर्थिक तरलताको तारतम्यनै गरियो-The Guardian लेख्दछ। यसरि थलिएका युरोपियन राष्ट्रहरुको उपस्थिति ठिक अमेरिकाको अपेक्षाकृत हिसाब भन्दा बाहिर उभियो। त्यो एकता भला युरो-जोनको संगठित आधिकारिक निर्णय भन्दा स्वतन्त्र र प्राविधिक थियो, जसमा वेलायत जस्तो अमेरिकी हेजेमोनिको निकट सारथि संगै अन्य शक्तिशालि युरोपियन राष्ट्रहरु जर्मन, फ्रान्स र इटालि समेतको प्राविधिक एकता बाट झस्केको अमेरिका आज आफैं चाइनाको भौतिक सहयोग लिनु पर्ने वाध्यतामा मात्र पुगेन बलकि आफ्नो पकडको G-7 राष्ट्रहरू बाट समेत वलात नितीगत आक्रमणको सिकार हुन पुग्यो।

 

आफ्नो आधिपत्यको गिर्दो बिरासत सम्हाल्न ईटालि, ईरान र उत्तर कोरियालाई  आफ्नो सहयोग प्रस्ताव स्विकार्न गुहारेको नयाँ विश्व, प्रतिक्रियामा तेहरानको ठाडो इन्कार, कोरियाको क्षेप्यास्त्रिय जवाफ पाएको उ इटालिको रणनैतिक सहयोग प्रस्ताव स्वृकारोक्ति बाट असन्तुष्ट छ, उसको बुझाई छ यो कुट्नैतिक व्यालेन्स मात्र हो।

अहिलेको पर्यावरणमा आउने Trump-administration को कुनै पनि निर्णय मुख्य त दुई पाटोको च्याँखे थाप्नमा केन्द्रीत भकै छ वा हुने नै छ। त्यो मध्य, एक आउदो अमेरिकी राष्ट्रपतिय चुनाव लक्षित र दोस्रो आफ्नो खस्कदो साम्राज्यवाद। उसका हरेक रणनिति यी दुइलाई केन्द्रमा राखेर अगाडि बढ्नेमा कुनै दुईमत देखिन्न। पहिलो रणनिति अन्तर्गत उ सिनो-रूसको गठजोड तोड्न चाहन्छ र त्यसको अभ्यास उसले G-7 बैठक पश्चात् चाईनालाई एकल सम्पर्क गरेर उसको सहयोग स्विकार्य गर्नु रह्यो जहाँ रुसलाई कुटनैतिक वेवास्ता गरियो। यसै सहयोग लेनदेन भित्र पनि चाईना र कोलम्बियाको आ-आफ्नो रणनैतिक कोण छदैछ। यता, सिनो-अमेरिकी कुट्नैतिक सम्बन्धको विकसित परिघटनाले रुससँगको सम्बन्धलाई व्यवस्थापन गर्न चीनको चाहनामा मात्र निर्भर अवश्य गर्ने छैन र यो परिघटनाले चिन स्वयम एक हिसावले फाइदा र अर्को दिशामा निर्णायक चुनौतिको गोलचक्करमा छ र त्यो नि:सन्देह रुसको आगामि कदम र त्यो सँग जोडिएको सक्रियतामा निर्भर हुनेनै छ।

दोस्रो, नयाँ विश्व युरोपियन युनियन पुनः जुट्दा वा फुट्दा आफ्नो अनुकुलतामा होस भन्ने अभिष्टमा देखिन्छ। त्यसमा, उ दोस्रो विश्वयुद्धको शत्रु राष्ट्रको रूपमा अबको दिन जर्मनलाई व्यबहार गर्ने घोषणा सम्म गर्न पुग्यो। यसो हुनुको पछाडि उसको “Cure Vac” नामक औषधि उत्पादक कम्पनीले Covid-19 को औषधि खोपमा नजिकिएको प्रगतिनै थियो, जो अमेरिका खरिद गर्न चाहन्थ्यो जसलाई जर्मनले ठाडो अस्विकार गरिदियो। अरू देसको तुलनामा कम मृतयुदरमा सिमित जर्मन आज कतै त्यो औषधि उत्पादनको एक्लो प्रयोग त गरिरहेको छैन! भन्ने संसयले खास तवरमा अमेरिका र बाँकि विश्व समेतलाई झक्झक्याएकै छ। तसर्थ, आज अमेरिकाको प्रतिक्रियात्मक गर्जन छ-“अब हामी जर्मनलाई दोस्रो विश्वयुद्धको शत्रु राष्ट्रको रुपमा व्यवहार गर्नेछौ”।

यता मार्च १८ मा रुसको अध्यक्षतामा सम्पन्न SCO (Shanghai Cooperation Organization) का सम्पुर्ण सदस्य राष्ट्रहरू (Russia, China, India, Pakistan, Uzbekistan, Tajikistan and Kyrgyzstan) को बिचमा अमेरिकि मुद्राको कारोबार अन्त्य गर्दै आ-आफ्नै मुद्रामा लगानी, व्यापार तथा कारोबार गर्ने सम्झौता सम्पन्न भएको छ भने त्यसमा  Afghanistan, Belarus, Iran र Mongolia पर्यवेक्षक राष्ट्रहरूका रुपमा रहेका छन। यस बाट रूष्ट अमेरिका आफ्नो भिमकाय बिरासतको जरोकिलोनै हल्लिएको अवस्थामा टुलुटुलु हेरेर बस्न बाध्य छ। यो बाध्यता हुनुको पछि उसको वर्चस्वमा रहेको G-7 राष्ट्रको बैठकमा आफ्नो निकट सारथि वेलायतबाट समेत सहयोग नपाएको, SCO (Shanghai Cooperation Organization) र G-7 राष्ट्रका अधिकांश सदस्य राष्ट्रहरूनै G-20 का सदस्य राष्ट्रहरू भएकाले G-20 को टेलीकन्फ्रेन्स बैठक हुनुपुर्वनै चाईना गुहार्नु परेको, युरोपको शक्तिशालि राष्ट्र जर्मनले आफ्नो Cure-Vac ल्यावद्वारा निर्मित कोरोना विरुद्धको भ्याक्सिनको कारोबारको जिम्मा दिन इन्कार गरेको, स्वइच्छा भन्दा बाध्यतामा चिनको प्राविधिक तथ भौतिक सहयोग लिन बाध्य भएको, आंफै चिनको सहयोग स्विकार्न बाध्य उ आफ्नो गिर्दो हेजेमोनिको रक्षार्थ ईरान, उत्तर कोरिया र इटालिलाई सहयोग प्रस्ताव गरेको अमेरिकि साम्राज्यवाद, इटालिले मात्र कुट्नैतिक अर्थमा आफ्नो सहयोग प्रस्ताव स्विकार गरेकोमा रूष्ट अमेरिका, उत्तर कोरियाको प्रतिक्रियामा जापानको समुन्द्रमा दुई पटक गरेको क्षेप्यास्त्रबाट भयभित छ भने तेहरानको ठाडो इन्कारले क्रुद्ध अमेरिकाका मुख्या Tweet गर्दै भन्छन-“मैले पाएको सुचनाको विश्वासको आधारमा ईरान, इराकमा अवस्थित अमेरिकी व्यारेक र सेना माथी अघोषित आक्रमण गर्ने तयारि गर्दै छ, यदि यसो भएमा तेहरानले यसको मुल्य महँगो चुकाउनु पर्ने छ”। पुर्ण चाहना र राष्ट्रिय आवश्यक्ता हुँदाहुँदै आफ्नै देश पुर्ण लक-डाउन गर्न नसक्नुनै ट्रम प्रशासनको  जरोकिलो उखेलिन लागेको संकेत हो त? गम्भीर प्रशको उठान भएको छ।

निश्कर्षमा, यी सवलाई एकतामा शुत्रवद्ध गर्न WHO वा UN स्वयमले त्यो ल्याकत राख्छ वा राख्दैन त्यो भविष्यले क्रमशः उद्धघाटित गर्दै जानेनै छ , तर कमसेकम अहिले यो पर्यावरण निर्माण गर्न अपरिहार्य हुँदाहुँदै पनि कुनै एक अमुक शक्ति राष्ट्रको छत्रछायामा यसको सुरुवात हुनैपर्ने र त्यो पहलकदमि एक त यतिका मानिविय क्षति भइसक्दा, यो ढिलोनै मानिन्छ। अझ, यो पहलकदमि तत्काल भइहाल्ने अवस्था भन्दा पनि अलिक अझ धकेलिने सुनिश्चितता प्राय छ-विविध श्रोत भन्दछ। यो त माहशक्तिहरु भनौदाको व्यापारिक संघर्षको friction बाट तय हुने पाटो भो, यसमा मानविय क्षति र अनगिन्ती लाश राखिएका coffin- बाकसहरुका ताति वा चापले external pressure सिर्जना गर्ने सम्भावना हुँदैहुँदैन वा हुँदा पनि कदाचित  निम्छरो पुजिवादि चिन्तनलाई रत्ति भर असर गर्दैन/पर्दैन। सोझो भाषामा अमेरिका आज, इतरको तागतलाई खनेको खाडलमा उ आंफै पर्दैछ र हिजो, यो जादुमय तवरले अप्रिलमा यसको अन्त निर्धक्क देख्ने उ आफ्नो विरासतमा सल्किएको रापको गन्धले अतालिदै आफ्नो दृष्टि अनुसारको मानव निर्मित अमानविय सृष्‍टि स्वयमले हुर्मत असुलिएको मर्द जस्तो नामर्द तवरमा भन्दैछ, “यो Corona हैन, Chinese Virus हो”।

यता, Mr.Putin को जबरदस्त इन्ट्रिले तत्काल दलालि समिकरण झन पेचिलो र घोचिलो कमसेकम यो मिति सम्म बाँचेकालाई आभास भएको पक्का छ, तर त्यो घोचाइमा बढो अमानविय पिडा सँग-सँगै चाइनाको समिकरणमा सेयर-होल्डर हुन आएको Grand Kremlin Palace आज तत्काल Covid-19 को समाधानको सन्दर्भमा अर्को बाधक पक्का बनेकै/बढेकै छ। अब, यी सब दलाललाई कुनै आदित्यको पौरखमा अर्को सामुहिक फाइदाकर अनि मिलिभगत तवरको आवरणमा दलालि-जुट गर्दिएमा ढिलोनै सहि, समाधान नजिक रहन्थ्यो-यो समस्त, यो लेख्दा सम्म सकुशल रहेकाहरुको सामुहिक स्वार्थ हो र रहनु यो अमानविय घडिमा हलाल हुदै गरेको कुखुरा/बोका-बाख्राले श्वाश छुट्ने छटपटाहटमा अन्तिम घुट्को पानी प्यालामा खोज्नु बरोबर हो। फेरि पनि, समस्त मानव समाजको रक्षा होस। जय होस।

Copyright@ Prabesh Khatiwada

For feedback, pls mail # [email protected]

 



प्रतिक्रिया दिनुहोस्