Logo

सेनाले जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर कर्तव्यपालन गर्छ : प्रवक्ता



काठमाडौं, २४ चैत । नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) खरिद गर्न सरकारले आफ्नो संस्थालाई जिम्मेवारी दिएकोे जानकारी दिएको छ ।

आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गदै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त जानकारी दिएको हो । ‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, उनले भने, ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) मार्फत् खरिद गर्ने नेपाली सेनालाई जिम्मेवारी दिएको उनले स्पष्ट पारेका छन् । ती सामान खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उनले नेपाली सेनाका प्रवत्ता पाण्डेले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्