Logo

कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल



काठमाडौँ, २४ चैत । सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिएका छन् । सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिँदै उनले चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा तीव्र परीक्षण (¥यापिड टेस्ट) मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

यदि परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेसिन मार्फत पुनः परीक्षण गरी निक्र्योल गरिने प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । उनले बाग्लुङमा सङ्क्रमित व्यक्तिको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गरिने पनि जानकारी दिएका छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा ‘¥यापिड टेस्ट’ मार्फत परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै उनले यसका लागि प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताएका छन् ।

कैलालीमा स्थानीय सङ्क्रमण देखिएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा ¥यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरेको थियो । यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २५२ नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनले हालसम्म एक हजार ५२९ जनाको परीक्षण भएको जानकारी दिँदै काठमाडौंँमा १२ र बाहिर १०१ गरी जम्मा ११३ जना आइसोलेसनमा रहेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्