Logo

न्युयोर्कमा ४० बर्ष कटेका दुई नेपालीको मृत्यु



काठमाडौँ, २४ चैत । झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।

सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्