Logo

२० बर्षपछि परिवारलाई भेट्न अमेरिकाबाट नेपाल फर्कने योजनामा थिए थोक्मे बिष्ट



न्युयोर्क, २४ चैत । न्युयोर्कमा शुक्रबार मृत्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने योजनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल फर्कने योजनामा रहेको उनका निकटवर्तीहरुले जानकारी दिएका छन् । तर उनी नेपाल फर्कन नपाउँदै उनको न्युयोर्कमा निधन भयो ।

४८ बर्षका बिष्ट नेपालमा श्रीमति र दुई छोराहरु छाडेर अमेरिका आउँदा झण्डै २८ जवान बर्षका थिए । यो बीचमा उनले परिवारका सदस्यलाई भेट्न पाएनन् । कागजपत्र बनाउने दोडधुपमा लाग्दा लाग्दै र परिवारबाट अलग बस्दा उनी मुटु र फोक्सोको रोगको समेत शिकार भए ।

‘झण्डै दुईसाता अगाडि भेटेको थिएँ । अब सधैका लागि अमेरिका छाडेर नेपाल फर्कने र परिवारसँगै बस्ने बताएका थिए । तर परिवारलाई भेट्नै नपाई बिते । ‘ – थोक्मेका साथी न्युयोर्क निवासी छेपक दोर्जे गुरुङले भने । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्