Logo

कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना



लन्डन, २४ चैत । ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो ।

उनका प्रवक्ताका अनुसार चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो । मार्च २७ मा कोभिड(१९ को हल्का संकेतहरु देखिएको थियो र त्यसयता उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसिरहेका थिए । सामाजिक सन्जालमा पोष्ट भएका भिडियोहरुमा प्रधानमन्त्रीको अनुहार मलिन देखिएको थियो । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्