Logo

‘कोरोना फैलिन नदिन सचेत छौँ’



काठमाडौँ, २४ चैत । सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ ।

तीमध्ये दुई जना भारतबाट र एक जना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएका हुन् भने एक जनालाई बाहिरबाट आएका व्यक्तिबाट सरेको देखिएको छ । फागुन अन्तिम सातादेखि अहिलेसम्म भारतबाट मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर एक लाख ४३ हजार नेपाली घर फर्किएका छन् । तीमध्ये प्रायः सबै सुदूरपश्चिमकै हुन् । त्यसलै देश बाहिरबाट आउनेबाट कोरोना भाइरस फैलिन नदिन स्थानीय तहमा क्वारेन्टाइन बनाइएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।

म आफँैले कतिपय ठाउँमा क्वारेन्टाइन राख्ने ठाउँ खोजँे, सम्बद्ध पक्षसँग नियमित छलफल गरेर आवश्यक निर्देशन दिइरहेको छु, कामको अनुगमन गरिरहेको छु तर पनि केहीले प्रदेश सरकार र ममाथि सामाजिक सञ्जालबाट आक्रमण गरिरहेका छन्, म आवश्यक काम गरिरहेको छु तर विज्ञापन गर्न आवश्यक नभएको बताएका छन् । हामी आक्रमणबाट आत्तिएका छैनौँ, भ्रामक प्रचारको विश्वास नगर्न सुदूरपश्चिमवासीलाई अनुरोध गर्दछु । हामीले परिणाम निकाल्ने गरेर काम गरिरहेका छौँ, त्यसैले मेरो प्रदेशवासीलाई आग्रह छ । लकडाउन पालना गरौँ । देशबाहिर वा देश भित्रैबाट पनि गाउँ बस्ती पुगेकालाई अनिवार्य क्वारेन्टाइनमा राखौँ भनेका छन् ।

यसैगरी क्वारेन्टाइनमा बस्न नचाहनेलाई बस्न प्रेरित गरौँ । सामाजिक दूरी कायम राखौँ, रोग नलुकाऔँ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितको हौसला बढाउने काम गरौँ । हामीले निश्चित मापदण्ड पूरा गर्न सक्यौँ भने कोरोनामुक्त समाज बनाउन सक्ने बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्