सिन्धुली, चैत २४ । सिन्धुली अस्पतालको आइसोलेसन भर्ना भएका पुरुषमा कोरोना भाइरस नभएको पुष्टि भएको छ। कमलामाई नगरपालिका ५ घर भएका २६ वर्षीय एक पुरुषको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको सिन्धुली अस्पताका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले जानकारी दिए।
भारतको उत्तराखण्डबाट मजदुरी गरेर फर्किएका उनलाई ज्वरो आएपछि शनिबार सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । ‘त्यसलगत्तै कोरोना भाइरसको आंशकामा उनको स्वाबको नमुना संकलन गरी काठमाण्डौं पठाइएको थियो आइतबार राति अबेर आएको रिपोर्टमा कोरोना नभएको पाइएको हो,’ राजभण्डारीले भने।
दुई साताअघि मात्र मजदुरी गरेर घर फर्केका उनलाई एकाएक ज्वरो आई, स्वास प्रस्वासमा समस्या भएपछि सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गररी उपचार थालिएको र अहिले उनको अवस्थासामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर राजभण्डारीले बताए।
अन्नपूर्ण पोष्ट्बाट




प्रतिक्रिया