Logo

एक हप्ता लकडाउन थप्ने प्रस्ताव, मन्त्रिपरिषदले आजै पारित गर्ने



काठमाडौं, २४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय गरी प्रस्ताव मन्त्रिपरिषदमा लाने टुंगो लगाएको छ । आज बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

११ चैत्र देखि १८ चैत्रको विहानसम्म गरिएको लकडाउन थपेर २५ चैत्रसम्मका लागि लम्ब्याइएकोमा फेरि एक हप्ता लम्ब्याइएको हो । योसँगै यस वर्षको नयाँ वर्ष लकडाउनमै मनाउनुपर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्