Logo

जापानमा संकटकाल घोषणा हुँदै



एजेन्सी, २४ चैत्र । जापानमा संकटकाल घोषणा हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो ओबेले आजै सम्बोधन गर्दै त्यस्तो घोषणा गर्न लागेका हुन् ।

बीबीसीका अनुसार जापानमा संकटकाल घोषणा हुने सम्भावना रहेको छ । त्यहाँ ३ हजार ६ सय कोरोना भाइरसको संक्रमित भेटिएका छन् । ८५ जनाको मृत्यु भएको छ ।

जापानले कोरोना रोकथामका लागि उपलब्धि हासिल गरेपनि त्यहाँ आइपर्ने चुनौतीलाई दृष्टिगत गरी कडा कदमहरु चालिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइसकेका छन् ।

यसअघि सन् २०२० मा हुने टोकियो ओलम्पिक एक वर्ष पछि सारिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्