Logo

सरोज खनाल किन फर्किए ‘कोरोना महामारीको केन्द्रबिन्दु’ बनेको अमेरिका



अमेरिका, २४ चैत्र । नेपाल फर्किएर चलचित्र र अन्य क्षेत्रमा व्यस्त भइरहेका चर्चित नायक सरोज खनाल अमेरिका फर्किएका छन् । हिजो उडेको विमान आज वासिंगटनमा अवतरण भएको हो । उनी अमेरिकाले आफ्ना नागरिकका लागि व्यवस्था गरेको चाटर्ड विमानमा फर्किएका हुन् । खनालले पनि अमेरिकी नागरिकता लिएका छन् ।

खनालले पनि अमेरिकी नागरिकता लिएका छन् । उनको परिवार अमेरिकामा बसोबास गर्दै आएको छ । छोरा अमेरिकी सेनामा छन् ।

खसोखासका अनुसार नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान आज अमेरिकाको वासिंटन डिसीमा अवतरण भएको छ । आज बेलुका ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण भएको हो ।

अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यसअगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई आज ल्याइएको हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आएको हो ।



प्रतिक्रिया दिनुहोस्