Logo

महाकालीपारीबाट नेपाली छिरेर समस्या भएको होइन, यो विश्वव्यापी महामारी हो- मुख्यमन्त्री भट्ट



काठमाडौं, २४ चैत्र । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले निकै दबाबमा काम गरिरहेका छन् । देशमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश सुदुरपश्चिम प्रदेशका छन् । यसकारण उक्त क्षेत्र नेपालभित्र कोरोना महामारीको केन्द्रबिन्दु बन्ने खतरा रहेको विश्लेषण समेत हुनथालेको छ । यसै विषयवस्तुमा मुख्यमन्त्री भट्टसँग ऋषि धमलाले एनआरएन रेडियोका लागि गरेको कुराकानीः

सुदूरपश्चिममा चारजनालाई कोरोना भाइरस भएको छ, उहाँहरुको उपचार र रोकथामको लागि कस्तो कदम चाल्दैहुनुहुन्छ ?
अहिलेसम्म सुदूरपश्चिममा चारजनालाई कोरोना भाइरसको संक्रमण भएको छ । उहाँहरुको अवस्था सुधारोन्मुख अवस्थामा छ । यसको उपचार त भइराखेको छ । आगामी दिनमा अन्यलाई नफैलियोस भनेर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न भनेर लागेका छौं । जसरी सरकारले मुलुकमा लकडाउन गरेको छ त्यसलाई अझ कडा बनाउनुपर्छ । एकअर्कामा नफैलियोस भनेर सबैले सजगता अपनाउनुपर्ने भएकाले त्यही अनुसार अगाडि बढिरहेका छौं ।
लकडाउन भइसकन पनि भारतबाट धेरै नेपालीहरु आएका छन् उनीहरुको परीक्षण गरिएको छैन तपाईंहरु के हेरेर बस्नुभएको छ ?
परीक्षण नभएको होइन परीक्षण भएर नै ती संक्रमित भेटिएका हुन् । जुन पछिल्लो पटक भेटिएका तीन जना संक्रमित हुन् । उनीहरुलाई पहिला नै क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ हुदा पनि उहाँहरुमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । उहाँहरुमा परीक्षण गरेर मात्रै थाहा भएको हो । कुनै बिरामी भएर, लक्षण देखिएर होइन । त्यसकारण परीक्षण नै भएको छैन भन्ने होइन । जति हुनुपर्ने हो त्यति नभएकाले छिट्टै विज्ञ टिम आउँदै हुनुहुन्छ । अब पछिल्लो समय भारतबाट आएर विदेशबाट आएकालाई परीक्षण गर्नेछौं ।
पछिल्लो समय भारतबाट ठूलो संख्यामा आए नि न उनीहरुलाई चेकजाच गर्नुभयो, न क्वारेन्टाइनमा राख्नुभयो त्यसले त समस्या जटिल बन्दै गयो नि ?
भारतमा कोरोनाको संक्रमण देखिएपछि धेरैमात्रामा नेपालीहरु नेपाल आएका थिए । त्यसरी आउनेलाई चेकजाँच गरेकै छैन र क्वारेन्टाइनमा राखेकै छैन भन्ने पनि होइन । फेरि अहिलेसम्म भनिएका कोरोना भाइरसका लक्षणहरु कसैलाई पनि नदेखिएपछि चेकजाच गर्ने कुरा पनि भएन । यति हुँदाहुँदै पनि हामीले नाकाबाट आउने बेलामा चेकजाच गरेरै पठाएका थियौं । पहिला नियमसंगत ढंगले आएकाहरुको चेकजाच पनि भएको छ । क्वारेन्टाइनमा पनि राखिएको छ । जो लकडाउन भइसकेपछि जथाभावी ढंगले विभिन्न नाकाबाट छिरेका छन् । लकडाउन अगाडि पनि जो गाउँगाउँ पुगिसकेका छन् उनीहरुको रेकर्ड संकलन गर्ने काम गरिएको छ । को कहाँका हुन् भनेर हामीले रेकर्ड पनि राखेका छौं ।
अछाम, दार्चुलातिर भारतलगायत विदेशबाट आउनेहरु धेरै छन् उनीहरुको कुनै चेकजाँच भएको छैन, हामी बर्बाद हुने भयौं भन्ने पनि छन् ?
त्यस्तो चेकजाँचको गर्दै नगरेको कुरा होइन । अब त्यस्ता व्यक्तिहरुलाई ¥यापिड टेष्ट गर्ने पनि संघीय सरकारले भनेको छ । त्यो टेष्ट भइसकेपछि धेरै चिजहरु क्लियर भएर जान्छ । अर्को फेरि मानिसमा कुनै लक्षण नै नदेखिइकन परीक्षण गर्न पनि गाह्रो हुँदोरहेछ । हिजो संक्रमणका कुनै लक्षण नदेखिइकन कसरी परीक्षण गर्ने भन्ने थियो । अब चाही संक्रमणबाट आफै बच्नका लागि पनि त्यसलाई तीब्रता दिनुपर्छ भन्ने लागिसकेको छ । अहिले आमजनतामा नै अहिले यो भावना पलाएको छ । त्यो राम्रो पक्ष हो । सुरुसुरुमा विदेशबाट आएका, बाहिरबाट आएका मान्छेहरु केही परिवारदेखि समुदायसँग टाढाटाढा बस्नुपर्छ भन्दा सुरुसुरुमा केही समस्याहरु भए । अहिले नागरिकमा हो रहेछ भन्ने बुझाइ भइसकेको छ । चेक गर्नका लागि ल्याब पनि सुदूरपश्चिममा तयार भइसकेको छ ।
अहिलेको अवस्थामा बढीभन्दा बढी परीक्षण हुनुपर्ने हो खोइ त ?
हो, बढीभन्दा बढी नागरिकहरुको यो सम्बन्धी परीण हुनुपर्ने हो ।
सुदूरपश्चिममा प्रत्यक घरमा भारतलगायत विदेशबाट आएका मान्छे छन् उनीहरुलाई क्वारेन्टाइनमा राख्न सक्नुहुन्छ कि हुन्न ?
यसमा हामी एकदमै सजग छौं । भारतलगायत विदेशबाट लकडाउन अगाडि आएका मान्छेहरु त १५, २० भइसकेको छ । त्यतिन्जेलसम्म स्वास्थ्य रहेपछि क्वारेन्टाइन सरह नै भयो । तिनीहरुमा अहिलेसम्म कुनै समस्या र लक्षण नदेखिएकाले पनि चेकजाच नभएको हो । क्वारेन्टाइनमा पनि राखेका नराखेका जो छलिएर गाउँ पुगेका उनीहरुको पनि पहिचान भइसकेको छ । उहाँहरुमाथि स्थानीयतहको निगरानी राखिरहेका छौं । कसैलाई त्यस्तो लक्षण देखिइहाल्यो भने तुरुन्तै ल्याएर साइसुलेसनमा राख्ने र उपचार नर्गे व्यवस्था मिलाइएको छ । त्यसैले नागरिकहरु आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकारले आफ्नो काम गम्भीरतापूर्वक गरेको छ । पछिल्लो घटनाबाट सुदूरपश्चिममा त्रास फैलिएको छ । त्यसबाट सबैलाई नआत्तिन आग्रह गर्दछु । तर, सचेत र सजग भइरहनुपर्छ । यो संक्रमणसँग हामी लड्न सक्छौं ।
कैलाली, कञ्चनपुरमा ¥योपिड जाँचको तयारी गर्नुभएको होइन त्यो कहाँ पुग्यो ?
खासगरी संघीय सरकारको तयारी अनुसार कैलाली र कञ्चनपुरमा गर्ने भन्ने भएको छ । तर, हामीले चाहीं कैलाली, कञ्चनपुर त छँदैछ, त्योसँगै पहाडी जिल्लामा गर्नुपर्छ भनेका छौं । सुदूरपश्चिका सबै ठाउँमा गर्छौं ।
सबै जिल्लामा गर्नुहुन्छ ?
सबै जिल्लामा आवश्यक देखियो भने सबै ठाउँमा गछौं । पहिलो पटक जो क्वारेन्टाइनमा सबेका छन् उनीहरुको लागि पहिला गर्ने । त्यो सँगसँगै आवश्क प¥यो भने विज्ञहरुसँग सरसल्लाह गरेर प्रक्रिया अगाडि बढाउँछौं ।
पहिला तपाईंहरुले महाकालीपारि रहेका नेपालीहरुलाई नेपाल ल्याउनुपर्छ भन्नुभयो त्यसैको कारणले त्यहाँ कोरोना भाइरसको संकट आउनेभयो त्यो सही हो ?
त्यो कारणले यहाँ समस्या आएको हो भन्ने होइन । यो विश्वब्यापी समस्या हो । फेरि सुदूरपश्चिमका अधिकांश नेपालीहरु रोजगारीका लागि भारत जाने चलन छ । भारतमा पनि नफैलिएको र नेपालमा पनि समस्या नदेखिएको बेलामा घर आएकाहरुमा चकजाच कम भएको हो । पहिला भारत सरकारसँग कुरा गरेर जो जुन देशमा छन् त्यही सुरक्षित ढंगले राख्ने व्यवस्था गर्नुपर्छ भनेका थियौं । त्यो नभएर सीमाना आइसकेपछि उनीहरुलाई त्यही अलपत्र बनाउनुभन्दा नेपालमै ल्याएर क्वारेन्टाइनमा राख्दा फरक पर्दैन भन्ने प्रदेश सरकारको भनाइ हो । यसको अर्थ उनीहरुलाई नेपाल ल्याएर आफूखसी जहाँपायो त्यहाँ जान दिने होइन । संक्रमण फैलाउने भन्ने होइन ।
तीमध्ये दुईजनालाई त कोरोना भाइरस देखियो नि ?
हो, उनीहरुमा देखिएको छ । त्यसको लागि उहाँहरुको उपचार प्रक्रिया पनि अगाडि बढिसकेको छ । पहिलो त उनीहरुलाई भारत सरकारसँग कुरा गरेर उही राख्ने व्यवस्था गर्ने भनिएको थियो । अहिले त्यही अनुसार नै अगाडि बढेको छ । अहिलेको अवस्थामा भारतमा पनि लकडाउन छ, नेपालमा पनि लकडाउन छ त्यसकारण जो जहाँ छन् त्यही व्यवस्थापन हुनुपर्छ । हामीले यहाँ भारतीका नागरिकलाई नेपालीसरह व्यवस्थापन गरेका छौं भने भारतले पनि भारतीय सरह नेपालीको व्यवस्थापन गर्नुपर्छ ।
त्यहाँका चिकित्सकका अनुसार सुदूरपश्चिम कोरोनाको ईपी सेन्टर बन्दै छ भन्ने भनाइ आयो नि ?
अहिले नै त्यस्तो कुराहरु भनिहाल्नु, गरिहाल्नुपर्ने अवस्था छैन । केही समस्याहरु थप भएका छन् । अलिकति जटिलता देखिएको छ । सबैले बझेकै कुरा हो । यति हुँदाहुँदै पनि विश्वब्यापी मान्यता अनुसार सामाजिक दुरी, व्यक्तिगत सरसफाइ, हात धुनेदेखिका कुराको पालना ग¥यो भने थप जटिलतालाई रोक्न सक्छौं । यहाँ दक्ष चिकित्सक, साधन, स्रोतहरुको केही अभाव त छ । त्यसको परिपूर्तिको लागि संघीय सरकार पनि लागेको छ । हामीले पनि पहल गरिराखेका छौं ।
अब आवश्यक स्वास्थ्य सामाग्रीहरु सुदूरपश्चिममा पुग्छ ?
सामाग्रीहरुको केही अभाव छ । त्यसको लागि केन्द्रीय सरकार पनि लागिरहेको छ । हामीले पनि पहल गरिरहेका छौं । कामै हुन नसक्ने स्थिति भने छैन ।
लकडाउन कति हप्ता लम्ब्याउने तपाईंहरुको प्रस्ताव के हो ?
कोरोना भाइरसको रोकथाम र उपचारको लागि एउटा निर्देशक समिति बनाएका छौं । पछिल्लो पटक जो ११ गते आएका थिए । उनीहरुको पनि यहाँ आएको १४ दिन पुगिसकेको छ । अहिलेसम्म उनीहरुमा कुनै लक्षण देखिएको छैन । तर, हामीले उनीहरुलाई अब ७ दिन राख्नुपर्छ भनेका छौं । कोरोना रोकथामको अचुक हतियार यो नै भएकाले लकडाउन थपिनुपर्छ । सुदूरपश्चिमको हकमा अझ यो आवश्यक छ । त्यसकसुो लागि संघीय सरकारसँग आग्रह गरेका छौं ।



प्रतिक्रिया दिनुहोस्