Logo

कागतीको रस र गहुँतले कोरोना रोक्छ ?



काठमाडौं, २४ चैत्र । अहिले सामाजिक सञ्जालमा कोरोना रोकथामका उपायबारे विभिन्न भ्रमहरु फैलाइएका छन् । कसैले कागतीको रसले कोरोना रोक्न भन्दै प्रोपोगान्डा मच्चाएका छन् । जसका कारण बजारमा कागतीको मूल्य तेब्बरले वृद्धि भएको छ ।

तर, कागतीको रसले कोरोना संक्रमण रोक्न सक्दैन । यसले मानिसलाई स्वस्थ बनाउन मद्दत भने गर्छ । चीनका वैज्ञानिकको हवाला दिएर गरिएको प्रचार अफवाह थियो । ती डाक्टर भनिएको व्यक्ति वास्तविक डाक्टर थिएनन् ।

गाईको गहुँतको सेवनले कोरोना भाइरसको संक्रमण हुने हल्ला मच्चाइयो । कतिपयले गहुँत सेवन गर्दै सामाजिक सञ्जालमा प्रचार पनि गरे । तर, यसको कुनै तथ्य प्रमाण भेटिएको छैन । गहुँतको सेवनबाट संक्रमणमुक्त हुने वा रोग नसर्ने भन्ने होइन ।

लामखुट्टेको टोकाई
लामखुट्टेले टोकेर कोरोना भाइरस सरेको भन्ने हल्ला मच्चाइयो । जबकि यसको कुनै पुष्टि भएको छैन । यो अफवाह हो । लाखुट्टेले टोकेर मलेरिया, डेंगु जस्ता रोग लागेपनि कोरोना भाइरस रोग लागेको कुनै तथ्य प्रमाण भेटिएको छैन ।

अहिलेसम्म कोरोना भाइरस कुन जनावरबाट मानिसमा सर्यो भन्ने तथ्य भेटिएको छैन । यो मानिस मानिसबीचको सम्पर्कबाट सरेको तथ्य भेटिएको छ । जनावरमा पनि सरेको तथ्य भेटिएको छ । यसबाट बच्ने भनेको सामाजिक दुरी कायम राख्ने, हात साबुनपानीले धुने र रोकथामका उपाय अपनाउने मात्र हो ।-बीबीसीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्