Logo

आज २०७६ चैत्र २४ गते सोमबारको राशिफल



काठमाडौं, २४ चैत्र । आज श्री शाके १९४१ बि.सं. ०७६ साल चैत्र २४ गते सोमबार इश्वी सन २०२० अप्रिल ६ तारीख चैत्र शुक्लपक्ष त्रयोदशी तिथी पूर्वफाल्गुनी नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमा सिंह राशिमा १५ः४६ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा ध्वज योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु महावीर जयन्ती (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरीरहेको कार्यमा सामान्य परीर्वतनको सम्भावना रहेकोछ । सानो प्रयासले ब्यक्तित्व विकासमा निकै टेवा पुर्याउनेछ । आफुभन्दा सानाको स्वास्थ्यमा खराबी उत्पन्न हुन सक्नेछ । मध्यानपश्चात् भने तपाईका शुभचिन्तकहरुको सङख्या बढ्नेछ भने शत्रुपक्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यसम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनुपर्ने सम्भाबना रहेको छ । पारिवारिक झोरझमेलाले सताउन सक्नेछ । मध्यानपश्चात् प्राकृतिक स्रोत तथा साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौद्धिक ब्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प,राक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । प्रतिष्पर्धामुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । मध्यानपश्चात् गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारिवारिक साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । लेनदेनसम्बन्धी कार्यमा बिशेष सजग रहनुपर्ने छ । मध्यानपश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबी देखापर्नेछ । कुरा काट्ने ब्यक्तिहरुबाट भने सजग रहनुहोला । सामान्य यात्राको योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मध्यानपश्चात् वाणीका कारण आफन्तजनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रजन तथा दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । मध्यानपश्चात् पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थिक क्षेत्र मध्यम रहनेछ । मध्यानपश्चात् अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्नेछ । यात्रा खर्चदायक रहनसक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ र सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । मध्यानपश्चात् बिद्या प्राप्ति योग तथा बौद्धिक विकाश हुने समय रहेकोछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अरुको छिटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुनसक्छ । दाजुभाई तथा मित्रजनको साथ र सहयोगमा गरिएका कार्यमा बिशेष फाईदा पुग्नेछ । मध्यानपश्चात् कार्य सम्पादन गर्न बढि परिश्रम र समय ब्यतित हुनसक्छ । मान्यजनको साथ र सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखापरेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । मध्यानपश्चात् दाजुभाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवनसाथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्नेछन । मध्यानपश्चात् सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसिएला सजग रहनुपर्ने समय रहेको छ । अपरिपक्क निर्णयले तपाईलाई गलत साबित गर्न सक्नेछ । मध्यानपश्चात् अरुद्वारा सम्पादित कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । वाक चातुर्यताको कारण नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्