Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक (देशको सूचीसहित)



एजेन्सी, २४ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेर ६९ हजार ५ सय पुगेको हो ।

विश्वभर संक्रमित हुनेको संख्या १३ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १२ लाख ७५ हजार पुगेका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि स्पेन, इटाली, जर्मनी, फ्रान्स र चीन अगाडि छन् । संक्रमितमध्ये २ लाख ६५ हजार ८ सय ८५ नीको भई घर फर्किएका छन् ।

विश्वका केही देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि आएको छ ।

देश         संक्रमित
अमेरिका ३३६८५१
स्पेन १३१६४६
इटाली १२८९४८
जर्मनी १००१२३
फ्रान्स ९२८३९
चीन ८१७०८
इरान ५८२२६
बेलायत ४७८०६
टर्की २७०६९
स्वीटजरल्यान्ड २११००
बेल्जियम १९६९१
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्