Logo

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११८



एजेन्सी, २४ चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या चार हजार कटेको छ ।

भारतमा ११८ जनाको मृत्यु हुँदा संक्रमित संख्या ४ हजार ३ सय १४ पुगेको छ । दुई हप्ताभित्र भारतमा मृतक र संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

यसैगरी, पाकिस्तानमा मृतक संख्या ५० पुगेको छ । त्यहाँ ३ हजार २ सय ७७ संक्रमित भइसकेका छन् । अफगानिस्तानमा ३६७ संक्रमित हुँदा ७ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा १७६ संक्रमित भएकोमा ५ जनाको मृत्यु भएको छ । बँगलादेशमा १२३ जना संक्रमित भएकोमा १३ जनाको मृत्यु भएको छ । मालदिभ्समा १९ जना संक्रमित भएका छन् । नेपालमा ९ र भुटानमा ५ जना संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्