Logo

नयाँ वर्ष २०७७ मा पनि लकडाउन



काठमाडौं, २४ चैत्र । वि.सं. २०७७ साल शुरु हुन अब सात दिन बाँकी छ । तर, यसपटक नयाँ वर्षमा पनि लकडाउन  हुने भएको छ ।

सरकारले लकडाउन अर्को एक हप्ता थप्दैछ । लकडाउन थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिदैछ । थप्ने निश्चित भइसकेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

लकडाउन १४ दिन भइसकेपनि कोरोना भाइरसको जोखिम कायमै रहेपछि सरकारले समय थप्न लागेको हो । लकडाउन थपेर जोखिमसँग जुध्ने सरकारको तयारी छ ।

यसैगरी, लकडाउन अझ कडा गरिदैछ । विदेशबाट आउनेलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने देखि एक स्थानीय निकायबाट अर्कोमा जान नपाउने गरी तयारी गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्