Logo

चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक (भिडियोसहित)



काठमाडौं, २४ चैत्र । नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ। २०७६ बैशाख १३ गते नेपालभर प्रर्दशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ।

राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ। रामेश्वर हुमागाइले छायांकन गरेको चलचित्र शुबास देबकोटाले सम्पादन गरेका हुन्।

फिल्ममा पवन भट्टराई, ओकेश पनेरु, अनुपा खड्का, सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगायतको अभिनय रहेको छ। भुकम्पबाट बिस्थापित भएका पात्रको कथा बोकेको चलचित्रमा बलात्कारको विषयलाई पनि उठान गरिएको छ । प्रर्दशनको बेला एभेन्जर, छक्कापच्जा २ जस्ता चलचित्रसंग जुध्नु परेको चलचित्र “कालो वर्ष”ले युटुबमा भने दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको दाबी छ।

 



प्रतिक्रिया दिनुहोस्