Logo

ईश्वर पोखरेलको राजीनामा मागेका महतलाई थापाको जवाफ : हरुवा मान्छेले बोलेका छेरुवा दाउको केही अर्थ हुँदैन्



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको राजीनामा माग्नुको कुनै अर्थ नभएको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्रीका सल्लाहकार थापाले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले त ईश्वर पोख्रेलले उपप्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्नुभयो नि ? भनेर धमलाले सोधेको प्रश्नको जवाफमा थापाले यस्तो बताएका छन्,”त्यो क्षेत्रका जनताले प्रकाशशरण महतजीलाई पराजित गरेर हटाएका हुन् । एउटा पराजित मान्छेले आफूलाई नै हराएका व्यक्तिको बारेमा टिप्पणी, कुण्ठा, आवेग, रिस, बदलाको भावना त्योभन्दा बढी के होला । प्रकाशशरण महतजी ईश्वर पोख्रेलसँग झन्डै १० हजार मतअन्तरले हारेको व्यक्ति हुनुहुन्छ । हरुवा मान्छेले बोलेका छेरुवा दाउको केही अर्थ हुँदैन ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले पनि ईश्वर पोख्रेलसहित संलग्न सबैलाई कारबाही गर्नुपर्छ भन्नुभयो नि ? भन्ने धमलाको अर्को प्रश्नमा थापाले भनेका छन्,”वाइवडी, न्यारोवडी देखिलिएर धेरै बडीहरुमा संलग्न शेरबहादुर देउवाजी नै हो भन्ने कुरा सार्वजनिक नै छ । ललितानिवासदेखि धेरैवटा भ्रष्टाचारका मुद्दामा उहाँ बोल्नुभएको छैन । यसको सुरुवात उहाँबाटै थाल्नुपर्छ । सुन तस्करीदेखि धेरै काण्डका सुरुवातकर्ता उहाँ नै हुनुहुन्थ्यो । चर्चाको विषयमा, जवाफदेहीताको विषयमा उहाँले चर्चा गर्न थाल्नुभयो भने यो सिलसिला सुरु हुने छ । उहाँका बारेमा योभन्दा बढी किन टिप्पणी गरिँन भने यस्ता सार्वजनिक टिकाटिप्पणीमा सबै कुरामा तानिएको व्यक्ति त उहाँ हो । उहाँले चर्चा गर्न थाल्नुभयो भने हामी खुशी हुने छौं ।”

उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त नभएको पनि स्पष्ट पारेका छन् । उनले भने,”यो सरकारले कुनै कमिसनमा डिल पनि गरेको छैन । अन्तर्रा्ष्ट्रिय महामारीको सामना गरेको छ । यसले जनतालाई सुशासन दिने कुरा गरेको छ । त्यसका निम्ति आफूलाई समर्पित गरेको छ । अहिले हिजो आफ्नो सरकार हुँदा त्यसका आडमा खेलोमेलो गर्नेहरु, आफूहुँदा गर्ने गरेको खेलोमेलोको बेलुन उठडाउन लागिपरेका छन् । अहिलेको सरकारले त्यस्ता खेलोमेलो गर्नेहरुलाई अस्वीकार गरेको छ । जे गर्नुपर्ने हो त्यसको लागि कानुन, विधि र प्रक्रियासम्मत ढंगले गर्नेलाई प्रोत्साहन गरेको छ । त्यसैले यो सरकार भ्रष्टाचारमा संलग्न छैन । त्यसको नाममा हुईंया फैलाउनेहरुले विभिन्न खालका कुरा गरिरहेका छन् । एकथरी मान्छेहरु सुगारटाई ढंगले सरकारलाई एकोहोरो प्रहार गर्र्न लागिपरेका छन् ।”

सरकारले राम्रो काम गरेको भएत प्रशंसा हुनुपर्ने नि ? धमलाको अर्को प्रश्नमा थापाले प्रशंसा गर्ने पंक्ति आज पनि गरिरहेको छ भन्ने जवाफ फर्काए । उनले थपे,”उसको शुभेच्छा, सद्भाव छ । यस्तो विषम् परिस्थितिमा कुनै पनि देशमा सरकारमाथि निर्मम प्रहार गरिँदैन । आज विश्वमा १० लाख मान्छे कोरोनाको प्रकोपमा छन् । ६० हजारजतिको ज्यान गइसकेको छ । ४० हजारजति सिरियस अवस्था छन् । साढे २ लाख हाराहारी कोरोनाबाट निको भएर घर फर्किएका छन् । बेलायतका प्रधानमन्त्री अहिले पनि आइसुलेसनमा हुनुहुन्छ । यस्तो बेलामा सरकारले बनाएका योजनामा सहयोग गर्ने हो कि आपूmलाई लागेका मनोगत कुराको टिप्पणीतिर लाग्ने ।”

सरकारका मान्छेहरुले चाहीं भ्रष्टाचार गरेर हिड्ने कि जनतालाई राहत दिने ? भन्ने धमलाको अर्को कडा प्रश्नमा थापाले तपाईंलाई त्यस्तो लागेको छ भने सम्बन्धित ठाउँमा बहस गर्नुस् भन्ने जवाफ फर्काए । उनले भनेका छन्,”भ्रष्टाचारका निम्ति सुन्यसहनशीलताका साथ सरकारले काम गरेको छ । हिजोका मान्छेहरुले गरेजस्तो भ्रष्टाचारमा यो सरकारको कुनै रुची पनि छैन ।” FILE PHOTO



प्रतिक्रिया दिनुहोस्