Logo

दुई शब्द अतितका



शुभम प्र. श्रेष्ठः

तिता तृणालाई समेट्दैछु
घटित ती मिथ्या न सम्झाउ
बिलिन हुँदैछु आफ्नो पश्चतापमा
माफीको काबिल नबनाउ

पछुताउन के सक्षम छु भनुँ
सायद दोषहरुले शिखर छुनेछ
नगिराउ मलाई कोमल नयनबाट
लायक सम्झानु केबल भ्रम हुनेछ

बिश्वासघाती निश्चल बृती भए जब
तृप्त चाहना द्रब्यपिसाच थिए तब
अनगिन्ती मर्मस्पर्शी शब्दहरु भए फिका
उस प्रान्त कुसँगत थिए मिठा रर

प्रफुल्ल छु किन हो सम्झनामा पनि
चन्चले तिम्रा मृगा नयन सम्झेर
कती प्रिये हाँसोका ती दिन पनि
सामिप्य आज भयो केवल रहर

खेद छैन तर आज मलाई
पृथक हुनु हामी रहेछ लेखिएको
भावी जीवन कति सुनौलो हेर
प्रगती तिम्रो अनि जीत मेरो रचिएको



प्रतिक्रिया दिनुहोस्