Logo

विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ



काठमाडौं, २४ चैत्र । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डकी ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पक्राउ गरेको छ । उनलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपाले कुमाललाई बिरामी भएर लामो समयदेखि घरमै आराम गरिरहेका बेला केही दिनअघि गिरफतार गरिएको जनाएको छ । कोरोना महामारीले देश आक्रान्त बनिरहेको घरमा बसिरहेका व्यक्तिलाई गिरफ्तार गरेको भन्दै नेकपाले असन्तुष्टि व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्