Logo

विप्लव समूह राहत बाँड्दै



बझाङ, २४ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण शुरु गरेको छ । उसले बझाङ जिल्लामा कोरोना सङ्क्रमणबाट प्रभावित ज्यालादारी गरेर बाँच्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरेको जनाएको छ ।

थलारा गाउँपालिकाका गरिब तथा विपन्न परिवारहरूलाई नेकपाका कार्यकर्ताहरूले दाल, चामललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरेको जनाइएको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण गरिब र विपन्न समुदायको घरमा खाद्यान्नको अभाव भई चुलोमा आगोसमेत नबलेको र गाउँपालिकाले वडाबासीहरूको पिरमर्का नबुझेको भन्दै नेकपाले थलारा गाउँपालिकाका वडा नम्बर १ र २ का ७० परिवारलार्ई खाद्य सामग्री वितरण गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्