Logo

पाण्डवहरुले महाभारत जित्नुको रहस्य



महाभारतको युद्धमा एक देखि १० दिनसम्म भीष्म पितामह कौरवका सेनापति थिए । फेरी ११ दिनदेखी १५ दिनसम्म द्रोणाचार्य, १६ र १७ औं दिनमा कर्ण र १८ औं दिनमा शल्य र सोही रातमा अश्वस्थामा थिए । जबकि पाण्डवहरुको शुरु देखि अन्तिमसम्म एउटै धृष्टधुम्न सेनापति थिए । जो १८ औ दिनको रातमा मारिएका थिए ।

अठार दिनको समाप्तिसँगै युद्ध रोकिएको घोषणा भयो । कौरवको पक्षमा मात्र कृतवर्मा, कृपाचार्य, अस्वस्थामा र कर्णका पुत्र वृषकेतु (जो बच्चा भएकाले युद्धमा गएका थिएननु) मात्र जिवित थिए । तर पाण्डवको तर्फ युद्ध समाप्ति सम्ममा लाखौ सेना र धेरै महारथीहरु बचेका थिए ।

युद्ध समाप्ति पछि पाण्डव युयुत्सु सत्यकि कृष्णसँग गुप्त स्थानमा गएका थिए । उता मरणासन्न दुर्योधनले अस्वस्थामालाई सेनापति बनाइदिए र समस्त पाण्डवहरुको समेत पुरै पाण्डवहरुको वंश सिध्याउनको लागि आदेश दिए । यसबेला अस्वस्थामाले कृतवर्मा र कृपाचार्यलाई लिएर रातमा पाण्डवहरुको शिविरमा गए ।

उनीहरुले पुरै शिविरमा आगो लगाइदिए र सबै योद्धाहरुलाई जिउँदै जलाएर क्रोध शान्त गरी अस्वस्थामा र अरु तीनजना दुर्योधन भएको स्थानमा गए ।

जब उनीहरुले दुर्योधनलाई यो जानकारी सुनाए, यो सुनेर उनीहरु चैनले उक्त दिन निदाए । जब बिहान पाण्डवहरु आए चित्कार गर्दै अश्रथामालाई खोज्न लागे उनी व्यासको आश्रममा लुकिरहेका थिए । तब अर्जुनले पनि ब्रहा अस्त्र ताने र अश्रथामाले पनि अरुत्र निकाले । उक्त बेला ब्यासले दुवैलाई आफ्नो अस्त्र फिर्ता गर्न आग्रह गरे, अर्जुनले मात्र आग्रह स्वीकार गरे तर अस्वस्थामाले मानेनन् । अश्रथामाले आफ्नो अस्त्र उत्तराको कोखमा हाने र उनको कोखको परिक्षितको मुत्यु भयो ।

दुर्योधनले आफ्नो मित्रको प्रेमले कर्णलाई सोह्र दिनमा सेनापति बनाए । यदि अश्रथामाको सेनापति बनाएको भए उनीमा रुद्रको अवतार थियो र रिस उठेमा रुद्र अवतारको प्रयोग गरेर युद्ध जित्ने निश्चित थियो तर उसको विनासकाल तिर मति गएको थियो ।



प्रतिक्रिया दिनुहोस्