Logo

अमेरिका फर्किएका सरोज खनालले भने- परिवारसँग बस्नु नै उचित



काठमाडौं, २४ चैत्र । अमेरिकी नागरिक सरोज खनाल चाटर्ड विमानमार्फत् फर्किएका छन् । नेपालमा बसेर कला क्षेत्रमा काम गर्नुका अलावा कृषिमा समेत हात हालेका उनी हिजो चाटर्ड विमानमा फर्किएर आज विहान पुगेका हुन् ।

खनालले परिवार अमेरिकामा रहेकाले फर्किएको बताएका छन् । अमेरिका कोरोनाको केन्द्रबिन्दु बनिरहेपनि खनाल फर्किएका हुन् ।

खनालका पत्नी सुर्यमाला शर्मा र दुई छोरा अमेरिकामा छन् । जेठो छोरा अमेरिकी सेनामा कार्यरत छन् भने कान्छा अध्ययन गरिरहेका छन् ।
खनालले आफू दुई हप्ता अघि अमेरिका फर्कन लाग्दा लकडाउनले रोकिएको बताए । उनले भने, ‘१९ तारिखमै जान लागेको थिएँ, फ्लाइट क्यान्सिल भएर रोकिएँ ।’ उनले यस्तो बेलामा परिवारसँग बस्नुनै उचित हुने सोच बनाएको बताए ।

खनाल दुई दशक अघि अमेरिका प्रवेश गरेका थिए । उनले अमेरिका जानुअघि आक्रोश पोखेर दिएको अन्तवार्ता विवादमा परेको थियो ।

https://www.facebook.com/watch/?v=262409011596325

 



प्रतिक्रिया दिनुहोस्