Logo

आँचल दम्पत्तिसँगको ऋषि धमलाको अन्तर्वार्ता युट्युबको ट्रेण्डिङ्ग नम्बर एकमा (भिडियोसहित)



काठमाडौं, २४ चैत्र । पत्रकार ऋषि धमलाले नवविवाहित दम्पत्ति आँचल शर्मा र डा. उदिप श्रेष्ठसँग लिएको अन्तर्वार्ता युट्युबको ट्रेण्डिङ्ग नम्बर एकमा आएको छ । एप्रिल २ तारिखमा प्राईम टाईम्स टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा प्रशारित उक्त अन्तर्वार्ता पाँच दिन चार दिनमै ट्रेण्डिङ्ग नम्बर वानमा पर्न सफल भएको हो ।

यो समाचार तयार पार्दासम्म उक्त भिडियो १२ लाख १२ हजार एक सय ९२ जनाले हेरिसकेका छन् । धमला आफैं अध्यक्ष रहेको प्राईम टाईम्स टेलिभिजनमा हरेक राति ८ः०० देखि ९ः०० बजेसम्म “जनता जान्न चाहन्छन्” टक शो प्रशारण हुन्छ । यो कार्यक्रम अत्यन्तै रुचाईएको छ ।



प्रतिक्रिया दिनुहोस्